क्षेत्रीय सभापतिको उम्मेदवार कन्हैया प्रसाद गुप्ता को हुन ?

  • मंसिर १३, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी 

लहान, मंसिर १३ गते । नेपाली काँग्रेस सिरहा-१ बाट कन्हैया प्रसाद गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । कन्हैया प्रसाद गुप्ता र महेश महेश चौधरीबिच प्रतिस्पर्धा हुन लागेको छ । 

 को हुन कन्हैया प्रसाद गुप्ता ? 

पहिलेको गढा गाविस-६ नम्बर निवासी गुप्ता २०४९ र २०५४ सालको  स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित २०७४ सालको निर्वाचनमा लहान नगरपालिकामा गाभिएपछि लहान-२३ को वडा अध्यक्षमा गरी लगातार तीन पटक जन निर्वाचित हुनु भएको कन्हैया प्रसाद गुप्ता पहिलो पटक क्षेत्रीय सभापतिमा उम्मेदबार हुनु भएको छ । 

नेपाली काँग्रेसमा अनवरत सक्रिय रहनु भएको गुप्ता क्षेत्रीय सभापतिमा उम्मेदबार भएपछि नेपाली काँग्रेसका सबै तह तप्का को नेतामा खुसी छाएको एक नेताले बताउनुभयो । केस पद्म नारायण चौधरीको खेमाबाट उम्मेदबार हुनु भएको गुप्ता चुनाव जित्ने प्रवल संभावना रहेको चर्चा चलेको छ । चौधरीको खेमाबाट लहान नगरसभापतिमा रासलाल राय र प्रदेश क बाट सभापतिमा सन्तोष उपाध्याय निर्वाचित भैसकेका छन् ।

केस तथा सांसद प्रदिप गिरी नजिक सुनिल कुमार महतोको साथ पाएर महेश चौधरी र गुप्ताको बीचमा हुन लागेको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । लगभग ७०० मतदाताले मंसिर १४ गते पशुपति माविमा हुने निर्वाचनमा मतदान गर्ने  भएका छन्। आम चुनावमा जस्तै पार्टीको नेतृत्व चयनको लागि तोकिएको समयमा चुनाव नहुँदा मतदाता रिझाउन लाखौ खर्च भइरहेको छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A