सिरहा जिल्ला एमालेको किल्ला बनाउने केन्द्रीय सदस्यहरुको प्रतिवद्धता

  • मंसिर २३, २०७८
  • समृद्धिपथ
alt

 

जिवछ उदासी 

लहान,मंसिर २३ गते । नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटिमा सिरहा जिल्लाबाट निर्विरोध चुनिनु भएका नेताहरुले सिरहा जिल्लालाई एमालेको किल्ला बनाउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएका छन् । 

 राष्ट्रिय युवा संघ सिरहाले गोलबजार नगरपालिकामा आयोजना गरेको सम्मानित कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएका हुन् । सिरहाबाट लिलानाथ श्रेष्ठ,गंगा प्रसाद यादव,प्रमोद नारायण यादव,रामरति राम र रामप्रित राम १० औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका हुन् । 

 लिलानाथ श्रेष्ठ दोस्रोपटक केन्द्रीय सदस्य हुनु भएको छ । सिरहा - ३ बाट निर्वाचित सांसद समेत रहनु भएको श्रेष्ठ कानून न्याय संसदीय व्यवस्था मामिला मन्त्री समेत रहि सक्नु भएको छ । नेकपा एमाले प्रदेश -२ का सह - इन्चार्ज समेत हुनुहुन्छ । 

 गंगा प्रसाद यादव दोस्रो कार्यकाल केन्द्रीय सदस्य,२०७४ को निर्वाचनमा सिरहा -१ बाट नेकपा एमालेको उम्मेदबार हुनु भएको थियो ।‌ सिरहा इन्चार्ज र भूमि व्यवस्था समस्या समाधान आयोगको सिरहा अध्यक्ष समेत रहनु भएको यादव २०५४ सालमा बस्तीपुर गाविसको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

 संविधानसभा सदस्य समेत हुनु भएकी रामरति राम दोस्रो कार्यकालको लागि केन्द्रीय सदस्य चुनिनु भएको हो । माओवादी पृष्ठभूमिका प्रमोद नारायण यादव र रामप्रित राम केन्द्रीय सदस्य हुनु भएको हो । 

 राष्ट्रिय युवा संघले आयोजना गरेको सम्मान कार्यक्रममा केन्द्रीय सदस्यहरुले सिरहा जिल्लालाई एमालेको किल्ला बनाउन लागि पर्ने सामुहिक प्रतिवद्धता व्यक्त गर्दै नेकपा एमाले सिरहामा व्यवस्थित र जनताको प्यारो पार्टी बनाउन लाग्ने विश्वास व्यक्त गर्नुभयो । 

 राष्ट्रिय युवा संघ सिरहाका अध्यक्ष इन्द्रेस राउत उपाध्यक्ष जय प्रकाश सचिव जगदिश चौधरी युवा संघ स्थायी कमिटी सदस्य बैधनाथ साहले सामुहिक रुपमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

    

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A