ग्रामीण भेगका विद्यालयले प्रतियोगिता जितेपछि बधाइको सट्टा धम्की

  • पुस ५, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान,पुस ५ गते । लहान नगरपालिका प्यावसनले आयोजना गरेको हाजिरी जवाफ प्रतिया्ेगिता लहान–१८ बसाजोरीमा सञ्चालित शिव जानकी विद्याश्रामले जितेपछि बधाइको सट्टा धम्की आउन थालेको विद्यालयको सञ्चालक अशोक कुमार महतोले बताउनु भएको छ ।

गएको पुस २ गते लहान –४ पाराडाइज बोर्डिङग स्कूलमा नगरस्तरीय हाजिरी वजाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा १३ वटा प्रश्नको सहि जवाफ दिएर लहान–१८ बसाजोरीका शिव जानकी विद्यालश्रमका विधार्थीहरुले प्रथम स्थान हासिल गरेर प्रतियोगिताको शिल्ड हात पारेको थियो । दिव्यज्योति बोर्डिङग स्कूलले ११ वटा प्रश्नको जवाफ दिएर दोस्रो र लहान–४ का पाराडाइज बोडिैङगस्कूलले ८ वटा प्रश्नको वजाफ दिएर तेस्रो स्थान हासिल गरेको थियो ।

लहान नगरपालिकाको शिक्षा शाखाका प्राविधिक अमिरि यादवको विशिष्ट आतिथ्य र प्यावसन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको प्रमुख अतिथ्यमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रिन्ससिपल महतोको पीडा पोख्दै भन्नुभयो,‘मलाई फोन गरेर तेरो विद्यालय कसरी प्रथम भयो । प्यावसन लहानको बैठक बसेपछि १२ बजाई दिन्छौ भन्दै लहानका एक चर्चित विद्यालयका प्रिन्सिपलले धम्की दिएको छ । यसको रेकर्ड मोवाइलमा सुरक्षित राखेको छु ।’ग्रामीण भेगको विद्यालयले प्रतियोगिता जितेपछि ग्रामीण भेगका विद्यालयलाई यस्तो धम्की सहनु परेको विषयले आफू उत्साहित हुनु पर्नेमा चिन्तित भएको महतोले गुनासो पोख्नुभयो ।

प्यावसन आवद्ध २४ वटा विद्यालयहरु प्रतियोगितामा भाग लिएका थिए । विजेता समूहहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि साहले लोकसेवा आयोग तयारीको लागि हाजिरी जवाफ प्रतियोगिता उपयोगी हुने भएकोले प्यासन लहानले राम्रो अभ्यासको थालनी गरेको बताउनु भएको थियो ।

प्रतियोगितामा लहानका प्यारागन,एपोलोम,हिमालयन विद्याानिकेतन लयायतका नाम चलेका विद्यालयहरु समेत सहभागी रहेको थियो । कक्षा १ देखि ५ कक्षा सम्मका विधार्थीहरु भाग लिएका थिए ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A