दुई कोठे भवनको शिलान्यास सम्पन्न

  • माघ १३, २०७८
  • समृद्धिपथ
alt

जिबछ उदासी 

लहान माघ १३ गते । लहान नगरपालिका २३ तिलेबोनामा जनता आधारभुत विद्यालयको दुई कोठे भवनको लहान नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ । 

भवन शिलान्यास गर्दै नगर प्रमुख साहले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले काम गरिरहेको बताउनुभयो । 

लहान नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारको लागि गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिन सबैमा उहाँले आग्रह गर्नुभयो । 

उहाले थप्नुभयो,'लहान नगरपालिकामा रहेको ६० वटै सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि ऐन बनाएर गरेको प्रगतिउन्मुख कार्यहरुलाई सहमति र सहकार्य गरेर अघि बढाउनु पर्नेमा अदालती झमेला सृजना गर्दा समस्या देखिएको हो ।'

 शिलान्यास कार्यक्रममा लहान-११ का वडाध्यक्ष प्रवक्ता तथा शिक्षा संयोजक नेकपा एमाले लहान नगर अध्यक्ष राज कुमार साह,लहान-२३ का वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता नेकपा एमाले जिल्ला कमिटि सदस्य अशेश्वर यादव लगायत स्थानीयहरजको उपस्थिति रहेको थियो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A