फिल्मी शैलीमा घटेको घट्नाको छानबिन होस् : वडाध्यक्ष अन्सारी

  • माघ २६, २०७८
  • समृद्धिपथ
alt

 

जीबछ उदासी 

लहान,माघ २६ गते । लहान नगरपालिका वडा नम्बर -५ को वडा कार्यालयमा १९ वर्षको एक युवकले घटाएको घट्नाको निष्पक्ष छानविन हुनु पर्ने वडा अध्यक्ष सुलेमान अन्सारीले माग गरेको छ ।

बुधबार विहान १०:०५ बजे लहान ५ का १९ वर्षिय युवक मो नासादले टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरे । वडा अध्यक्ष बसेको कुर्सी पल्टाई कार्यालयका कागजातहरु फालेर गाली गलौज गरी निस्केर इलाका प्रहरी कार्यालय लहानमा पुगे । कार्यालय सचिव कृष्ण मोहन साह र कार्यालय सहयोगी राजा मेस्तरले पिटेको आरोप लगाएको वडा अध्यक्ष मो सुलेमान अन्सारीले जानकारी दिनुभयो ।  

टाउको फुटेको नासाद वडा कार्यालय पुग्नुभन्दा अगाडि नयाँ बजारमा आमासँगै केहिबेर आमा छोराबीच केहिबेर विवाद भएको थियो । विवादपछि साइकल पसलमा चक्कु मागे । चक्कु साइकल पसलेले नदिएपछि ईँटाले आफै हानेर फोरेर वडा कार्यालयमा पुगेको नासादको काका समिरुलले बताए । 

 कार्यालयमा दुई पटक प्रवेश गरेको वडा कार्यालयको सिसिटिभीमा फोटो सुरक्षित रहेको छ । वडा कार्यालयमा घट्ना घटाएको नासादले लागु औषधको रुपमा सुई लिएको अबस्थामा यस्तो फिल्मी शैलीमा घट्ना घटाएको स्थानीयहरू बताउछन् । 

आफ्नो टाउको आफै फोर्ने नासाद वडा कार्यालयका सचिव साह र कार्यालय सहयोगी राजा मेस्तरलाई फसाउन नयाँ बजारका केहि व्यक्तिहरुले उचालेकोले यसको निष्पक्ष छानबिन हुनुपर्ने स्थानीय हरुको माग रहेको छ । 

घट्नाबारे इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा तपन दाहालले घट्नाबारे सत्यतथ्य छानविन गरेर कारवाही गर्ने बताउनुभयो । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A