‘यसकारण जनताले मत सूर्यमा हाल्ने र एमालेलाई जितउने मुडमा छ’

  • चैत २६, २०७८
  • समृद्धिपथ
alt


जीवछ उदासी
स्थानीय चुनवको बैशाख ३० गते एकै चरणमा हुन गइरहेको छ । चुनावी परिणाम आफनो पक्षमा ल्याउन दलहरु सबै शक्ति झोक्ने गरी तयारी गरिरहेको छ । यस पटकको स्थानीय चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनाव लडने गृहकार्य गरिँदैछ । यता नेकपा एमाले एक्लै गठबन्धनसँग लडन तयार रहेको ताल ठोकिरहेको छ । चुनावी परिणाम के हुने ?यसबारे विभिन्न अडकलहरु भइरहेको छ । चुनावमा जीतको दावी गरी चुनावी मैदानमा जानुलाई सुन्दर पक्ष नै मानिन्छ । पाँच वर्ष स्थानीय सरकार हाँकेका दलहरु उपलब्धिको सूची तयार गरेर जनतामा जानुपर्छ भने प्रतिपक्षमा रहेका दलहरुले पाँच वष्र्रमा मा कहाँ कहाँ चुक्यो भन कमजोरी खोज्दैछ । चुनावमा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गरेका जनप्रतिनिधिहरुको मनोवल उच्च देखिन्छ । जनताको हीतभन्दा व्यक्तिगत स्वार्थलाई महत्व दिइनेहरुले कमाएको रकम खर्च गरेर फेरि जित्न सकिन्छ कि भने योजना अनुसार अघि बढिरहेको छ । हरेक विगतको निर्वाचनभन्दा आउने निर्वाचनमा जनतामा पनि चेतना स्तर वृद्धि भएको कारणले चुनावी परिणाममा फरक हुने गर्छ । तर, एउटा कुरा प्रष्ट छ जनहीतमा जनपक्षीय काम गर्ने दलका नेताहरु चुनावमा झनै फराकिलो मतको अन्तरले जित्ने गरेको विश्वकै रेकर्ड देखिन्छ ।

२०७४ सालको निर्वाचनमा नेकपा पहिलो पार्टी बन्न सफल भएको एमाले एक्लै पाँच दलीय गठबन्धनसँग भीडने चुनावी मैदानमा उत्रेको छ । पाँच दलीय गठबन्धनले कहि चुनावमा पछि परयो भने नेकपा एमालेको लागि आउने संघीय र प्रदेशको चुनाव पनि सहज हुनेछ । यहि संभावना प्रवल देखिएको छ । सातवटै प्रदेशमा एमालेमा प्रवेशको लहरले यहि संकेत गरेको छ । पाँच दलीय गठबन्धन बनाएर एमालेसँग चुनावमा जानुपर्ने बाध्यता नै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टीको सामुहिक मनोवैज्ञानिक हार भएको देखिन्छ । सेटिङ्गमा परमादेशको भरमा केपी ओलीको सरकार ढालेको प्रचण्ड र माधव नेपाल काँग्रेसको छायाँमा श्वास लिन पुगेकोले काँग्रेसभन्दा माओवादी र एकिकृत समाजवादीलाई गठबन्धनको बैशाखी आवश्यक भएको छ । भारतमा गठबन्धनको नाउँमा भारतीय काँग्रेसको हाल बेहाल भएकोले गठबन्धन किन गर्ने भने मत नेपाली काँग्रेसभित्र पनि बलियो रहेकोले प्रचण्ड र माधव नेपाललाई कुनैवेला अलपत्र छाडिदिने संभावनालाई पनि नकार्न मिल्दैन ।

नेपाली काँग्रेसको सभापति प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले गठबन्धन गरेर जानुपर्ने पक्षमा देखिएको छ भने शेखर कोइराला समूह गठबन्धन होइन, आवशयक परेको स्थानीय तहमा तालमेल गर्न सकिने बताइरहेका छन् । काँग्रेसभित्रै गठबन्धनको विषयमा दुई मत रहेकोले गठबन्धनको भविष्य छैन । गठबन्धन गर्नु भनेको प्रचण्ड र माधव नेपाललाई स्थानीय चुनावमा इज्जत जोगाई दिनु हो । कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाई दिएकोले गठबन्धन गरेर लैजानुपर्ने देउवा पक्ष सकारात्मक हुनु स्वभाविकै हो । तर, काँग्रेसको बैशाखीमा हिड्ने माओवादी र एकिकृत समाजवादीका अध्यक्ष प्रचण्ड र माधव नेपालको भाकल कहिलेसम्म काँग्रेसले पुरा गरि रहने आवाज नेपाली काँग्रेस भित्र कोइराला खेमाले उठाइ रहनुले देउवा पक्षको लागि टाउको दुखाइको विषय हो ।

छिमेकी मुलुक भारतमा गठबन्धन गरेर भारतीय जनता पार्टीलाई कमजोर गर्न गरेको प्रयास विफल भइरहेको छ । बिजेपीले जनताको साथ पाएर काँग्रेससँग गठबन्धन गरेको दलहरुलाई जसरी परास्त गरिरहेको छ । यहि अवस्था आउने स्थानीय चुनावमा काँग्रेस, माओवादी, जसपा र एकिकृत समाजवादीलाई हुने संभावना छ । घटनाक्रमले पुष्टि हुँदै आइरहेको छ । नेकपा एमालेको नौ महिनाको सरकारले गरेको जनपक्षीय कामबाट तर्सेर गठबन्धन बन्यो । त्यतिवेला गैर कम्युनिष्टहरुमा गठबन्धन भएको थियो । केपी ओलीको नेतृत्वमा गठित नेकपाको झण्डै दुई तिहाइको सरकारलाई कमजोर गर्न प्रचण्ड र माधव नेपालले बामपन्थी धार त्यागेर यथास्थितिबाद दक्षिणपन्थी धारसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार गठन गरेको कुरा जनताको अगाडि प्रष्ट छ । त्यसकारण बामपन्थीको मूलधार नेकपा एमाले र केपी ओलीको चटानी अडान नै रहेकोले एमालेको पक्षमा जन लहर छ । यो जनलहरको उभारले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनलाई परास्त गर्ने अवस्था सृजना हुँदैछ ।

गएको स्थानीय संघीय र प्रदेशको निर्वाचनमा बढी स्थानमा जितेका तत्कालिन राजपा र संघीय समाजवादी अहिलेको जनता समाजवादी र लोसपाको पक्षमा लागेका जनमत फेरि एमालेतर्फ आकर्षित भइरहेको छ । यसकारण मधेस प्रदेशको सरकारले जनहीतमा काम गर्न सकेन । भ्रष्टाचारलाई संस्थागत रुप दिइएको मधेस प्रदेशको सरकारको काम काजबाट जनता निरास भयो । केपी ओलीको नेत्वको सरकारले हुलाकी सडक निर्माण , राष्ट्रिय राजमार्गलाई चारलेन र शहरी क्षेत्रमा छ लेन बनाउने कार्यको सुरु , मरिड सिंचाई डाइभर्सन, बृद्धबृद्धालाई दिइने भत्तामा बृद्धि लगायत सयौ योजनाहरु लिएपछि मधेसको समृद्धि र कल्याण केपी ओली नेतृत्वकै सरकारमा संभव रहेको ठम्याइ गरेर यस प्रदेशमा एमालेमा प्रवेशको लहर चलेको छ । स्थानीय चुनावमा समेत एमालेको बलियो पकड हुँदैछ । भ्रमको राजनीति खेति गरेर जाति, धर्म र समुदायलाई विभाजन गर्ने राजनीतिबाट मधेसका जनता टाढिनु राष्ट्रियता र समृद्धिको लागि एमाले बाहेक अर्को पार्टी नरहेको बुझिसकेका छन् । तसर्थ जतिदल गठबन्धन बनाएपनि एमाले कमजोर देखिएको मधेस प्रदेशमा पनि संगठित र मजबूत भइरहेको अवस्था छ ।

अर्को मूल्याङकनको आधार के छ भने जहाँ जहाँ एमाले स्थानीय तहमा जितेका छन् त्यस स्थानीय तहमा विकास भएको छ । समृद्धिको आधार तयार भएको छ । प्रगतिशील समाजवाद स्थापनाको लागि रेखा कोरेको छ । जहाँ काँग्रेस, जसपा, माओवादी जितेका हुन, त्यस स्थानीय तहमा भ्रष्टाचारको अखडाहा नै बनेको छ । यहि चरित्र मिलेको कारण अहिले पाँच दलीय गठबन्धन बनाएर एमालेलाई घेराबन्दीमा पार्न खोजिदैछ भने कुरा जनताले राम्ररी बुझ्न पाएको छ, चिन्न पाएको छ ।
गठबन्धनको सरकारले कुनै पनि जन हीतमा काम गर्न नसकेर आफन्तलाई पोस्ने र महँगी बढाएर जनतालाई दुख दिनु बाहेक के नै राम्रो काम गरेको हो ताकि जनमत गठबन्धनतर्फ आकर्षित होस् । चुनावको मुखमा एमालेका हरेक नेता कार्यकर्ताहरुले जसरी सक्रिय देखिएका छन् । आफ्ना एजेन्डाहरु जनताको माझमा चुस्त दुरुस्त संगठनको माध्यमबाट लैजाने कार्यमा सक्रिय रहेको छ । यहि गतिमा अघि बढिरहने हो भने एमाले कार्यकर्ताको सक्रियता र प्रतिवद्धताले पनि पाँच दलका गठबन्धनलाई परास्त गर्न सकिने निश्चित छ । राजनीतिमा एजेन्डा र एजेन्डालाई कार्यान्वयन गर्ने तरिकाले निकै महत्व राख्दछ ।

आज देशमा जे जति जनपक्षीय कामहरु भएका छन् सबै एमालेको सरकारको पालामा भएको जनतामा नमेटिने छाप परेको छ । देशैभरिमा सबैभन्दा बढी २४ वटा भएको वडा रहेको लहान नगरपालिकामा भएको विकासले पनि जनतामा चेत खुलिरहेको छ । लहानमा एमालेबाट निर्वाचित मेयर उपमेयर वडाध्यक्षहरु जुन शैलीमा नगरको विकास गरे अरु दलबाट संभव छैन । गठबन्धनमा रहेका दलहरुको स्थानीय सरकारमा वर्चश्व रहेको स्थानीय तहहरुमा किन त्यस प्रकारको विकास हुन सकेन ? लहान नगरपालिकाका जन प्रतिनिधिहरुले गरेका प्रतिवद्धताको ९० प्रतिशत काम गरेर जनतालाई हस्तान्तरण गरेको छ । लहानमा नयाँ बजार निर्माण,फोहोरबाट मोहर र आर्यघाट गरी ३२ करोडको योजना गठबन्धनको सरकार केन्द्रमा बनेपछि तगारो खडा गरेको हो । अब जाति , समुदाय र सम्प्रदायको नाराले जनताले पत्याउने छैन । नेकपा एमालेले तय गरेको सुखी नेपाली,समृद्ध नेपालको नारालाई कार्यान्वयन गराउन फेरि एमालेलाई नै रोज्ने मुड बनाइ सकेको अवस्था छ ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A