लहानको मेयरमा कांग्रेस उपमेयरमा जसपा विजयी

  • जेठ ६, २०७९
  • समृद्धिपथ
alt

लहान । सिरहाको लहान नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर तथा जनता समाजवादी पार्टी नेपालका उपमेयर निर्वाचित भएका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा ९ वटा वडामात्र जितेका कांग्रेस यो निर्वाचनमा प्रमुखसहित बहुमत वडामा विजयी भएका हुन् ।

गत निर्वाचनमा ९ हजार १३८ मत ल्याएर दोस्रो स्थानमा रहेका कांग्रेस यस निर्वाचनमा महेश चौधरीले निवर्तमान प्रमुख मुनि साहलाई पराजित गरी नगर प्रमुख बनेका छन्।

निवर्तमान नगर प्रमुख साहलाई ८ हजार १३९ मत अन्तरले पराजित गर्दै नगर प्रमुखमा चौधरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय लहानले जानकारी दिएको छ ।

नगर प्रमुखमा चौधरीले २० हजार १०५ मत ल्याए भने एमालेका साहले ११ हजार ९६६ मत ल्याए । नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी खोलेका नेकपा एकिकृत समाजवादी तेस्रो स्थानमा रहेको छ । नेकपा (एस) का विनोद कुमार साहले २ हजार १५२ मत ल्याएका छन् ।

एमालेका साह २०७४ को स्थानीय तहको निर्वाचनमा ११ हजार ३०७ मत ल्याई प्रमुखमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका अचमितलाल चौधरी ९ हजार १३८ मत ल्याई निकट्तम प्रतिद्वन्द्वी रहेका थिए भने संघीय माजवादी फोरम नेपालका वैद्यनाथ प्रसाद साह तेली ५ हजार ७३७ मत ल्याई तेस्रो स्थानमा रहेका थिए।

लहन नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु ः
लहान १ मा नेपाली कांग्रेसका युगल किशोर चौधरी ८३१ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका मन्टुन चौधरी ६०६ मत प्राप्त गरेका छन् ।

लहान वडा नं. २ र ३ मा नेपाली कांग्रेसका सियाराम यादव र राम दयाल महतो निर्वाचित भएका छन् । यादव ३९० मत प्राप्त गरेका छन भने महतो ६४७ मत प्रप्त गरेका छन् । निकट्तम प्रतिद्वन्द्वी वडा नं. २ मा जसपा नेपालका शिव नारायण महतो ३५३, वडा नं. ३ मा नेकपा एमालेका राजेश कुमार चौधरी ५४५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लहान ४ मा जसपा नेपालका रामनाथ पंडित ४३४ निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मो. अबुल मिया ४२० मत प्रापत गरेका छन् । लहान वडा नं. ५, ६, ७, ८ र ९ मा नेपाली कांग्रेसबाट क्रमशः अब्दुल करिम ७३७, रमेश उपाध्याय ३२३, रामऔतार शर्मा ६७४, श्याम कुमार साह ६८३ र घुरन थारु ४६८ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

यसैगरी लहान १० मा नेकपा एमालेबाट मन्टी कुमार मण्डल ८२० मत ल्याएर निवाचित भएका छन् भने निकट्तम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादीका कृष्ण हरी गैरेल २६१ मत प्रात गरेका छन् ।

लहान वडा नं. ११, १२, १३, १५, १६, १९ र २२ मा नेपाली कांग्रेसका क्रमशः सुर्य नारायण चौधरी ७७१, बद्री नारायण चौधरी ५९६, मनोज कोइराला ६८५, तेज नारायण चौधरी १०९१, गडुल बहादुर जर्घा मगर ४००, मो. कमरुद्दिन राइन १०१५ र श्याम कुमार अधिकारी थारु ९२२ मतका साथ विजय हासिल गरेका छन् ।

लहान १४ मा नेकपा एकिकृत समाजवादीका धनिलाल यादव ४२७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश कुमार श्रेष्ठ ३५२ मत प्राप्त गरका छन् ।

यस्तै लहान १७, १८ र २१ मा नेकपा एमालेका उम्मेदवारहरु क्रमशः प्रथम लाल चौधरी ६०३, मो. समशेर १२४७ र राजकुमार यादव ७६३ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

लहान २० मा भने नेकपा माओवादी केन्द्रका गणेश कुमार चौधरी ९०१ मत प्राप्त गरी विजय भएका छन् । लहान २३ र २४ मा जसपा नेपालका उम्मेदवारहरु क्रमशः बद्री यादव ९८४ मत, रासलाल राय राजपुत १६७८ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A