प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

  • असार ३१, २०७९
  • समृद्धिपथ
alt

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्। प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसाल नेपाली कांग्रेसको सचेतक थिइन्।

भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। १ मत तटस्थ रहेको थियो। उपसभामुखका लागि दुईटा उम्मेदवारी परेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनमा लगेका थिए।

संविधानसभा सदस्यसमेत रहेकी भुसालले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। भुसाल कानुनविद् पनि हुन्।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो। उपसभामुखका लागि नेपाली कांग्रेसबाट भुसाल र एमालेबाट भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद रहेका छन्। उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत अर्थात १३६ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १५४ जना सांसद रहेका छन्। एमालेसँग ९८ जना सांसद रहेका छन्। १ सांसद भएको राप्रपाले एमालेलाई समर्थन गरेको थियो। अन्नपूर्णबाट

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A