सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ

  • साउन १, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ भएको छ । भगवानपुर वडा नं १ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट इमरजेन्सी सेवा शुभारम्भ भएको हो ।

एक कार्यक्रमकाबीच भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव लगायत प्रमुखत अतिथि, अतिथिहरुले पानशमा बत्ती बालेर इमर्जेन्सी सेवा शुभारम्भ गरेको हो ।

photo_2022-07-17_21-07-17

भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रामशंकर यादव रहेका थिए ।

प्रमुख अतिथि यादवले बोल्दै स्वास्थ्य एकदमै महत्वपूणर् विषय रहेको बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरले इमर्जेन्सी सेवा शुभारम्भ रहेको प्रति खुशी व्यक्त गर्दै दिर्घकालिन संचालनको शुभकामना दिनु भएको थियो । उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुधारका लागि एउटा नयाँ नीति बनाएर अगी बढ्नु पर्ने सुझाव समेत दिनुभएको थियो ।

कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले ग्रामिण क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै गाउँमा स्थानीय सरकार रहेको महसुस आम नागरिकमा गराउनको लागि र इमर्जेन्सी सेवा सुरु गरिएको बताउनु भयो ।

photo_2022-07-17_21-07-16 (2)

स्थानीयस्तरमा नै आधारभुत सेवा प्रदान गर्न र जनतासंग गरेको वाचा पुरा गर्न इमर्जेन्सी सेवा यस प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिएको जनाउँदै यस केन्द्रबाट लहानसम्म रेफर गरिएका विरामीलाई निःशुल्क एम्बुन्स सेवा प्रदान हुने जानकारी दिनुभयो ।

भगवानपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी यादव, भगवानपुर वडा नं १ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मिरा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डल, प्राथमिक स्वास्थ्य केन्द्र निमित्त इन्चार्ज राजेश यादव, वडा नम्बर २ का वडाध्यक्ष सूर्य नारायण यादव, वडा नं ३ का वडाध्यक्ष विनोद यादव, वडा नं ४ का वडाध्यक्ष रामकुमार यादव र वडा नं ५ का वडाध्यक्ष अमरलाल यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन भगवानपुर गाउँपालिका स्वास्थ्य सह-संयोजक विजय यादवले गरेका थिए ।

photo_2022-07-17_21-16-44

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A