करार कर्मचारी हटाउने निणर्य फिर्तालिन नेकपा एमाले लहानको चेतावनी

  • साउन ५, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमाले लहान नगर कमिटीले नगरपालिकामा कार्यरत दक्ष र अनुभवी करार र ज्यालादारी कर्मचारीहरुलाई विना कारण सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको भन्दै तत्काल निणर्य सच्याउन माग गरेका छन् ।

अन्यायपूणर् उक्त निणर्य अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन नेकपा एमाले लहान नगर किमिटि अनुरोध गरेका हुन् ।

लहान नगरपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार र दैनिक ज्यालादारी कर्मचारीहरुको साउन १ गतेबाट लागु हुने गरी गरिएको करार अवधि थप नगर्ने कार्यपालिकाको निणर्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीले विहिबार प्रेस बिज्ञप्ति जारी गर्दै तत्काल निणर्य नच्याए रोजगारीको हक सुनिश्चित गर्न र जनताको सेवा सुविधालाई दृष्टिगत गर्दै थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- लहान नगरप्रमुखले जनताको हितलाई ख्यालै नगरी वषौंदेखि जनतालाई सेवा प्रवाह गर्दै दक्षता हासिल गरेका करार र ज्यालादारी कर्मचारीहरुलाई पूर्वाग्राही भएर निकाल्न छलकपटपूणर् तरिकाले गरी गराएको स्पष्ट देखिन्छ । यस्ता अमर्यादित क्रियाकलापको नेकपा एमाले नगर कमिटि लहान घोर भत्र्सना गर्दछ ।

कर्मचारीहरुले गरेको कामको जनताले गरेको उच्च मुल्यांकन र उनीहरुले प्राप्त गरेको दक्षतालाई वर्तमान नगरप्रमुखले सपथग्रहणको पहिलो सम्वोधनमा नै विना कुनै आधार ती कर्मचारीहरु हटाउने दुरासययुक्त अभिव्यक्ति दिनु र तत्पश्चात षढयन्त्रपूणर् तरिकाबाट संविधान सम्मत नागरिकको रोजगारीको हकको विरुद्ध र जनप्रतिनिधीको नागरिक प्रतिको दायित्वलाई ख्यालै नगरी कर्मचारी निष्कासन गर्नु जनमतको अपमान हो प्रेस विज्ञप्तीमा भनिएको छ ।

करार कर्मचारीहरुको ज्ञापनपत्र प्रति एक्यवद्धता जनाउँदै कुनै भेदभाव नगरी अविलम्भ सबै दक्ष र अनुभवी करार र ज्यालादारी कर्मचारीहरुको म्याद थप गरी काम काज गर्न दिन जोरदार माग गर्दछौं । अन्यथा रोजगारीको हक सुनिश्चित गर्नका लागि र जनताका सेवा सुविधालाई दृष्टिगत गर्दै थप कार्यक्रम गर्न वाध्य हुने चेतावनी दिएको छन् ।

press bigyapti 5 copy

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A