मधेसमा कमजोर छैन् एमाले

  • साउन २८, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

चुनावको मिति घोषणा भैसकेको छ । गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोर मधेसमा रहेको सए्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा ३२ संघीय सीट रहेको छ । प्रत्येक संघीय सिटमा दुई रदेशसभाको संख्याको दरले ६४ सिट रहेको छ । २०७५ को चुनावमा मधेसवादी र माओवादीको अवस्था सन्तोषजनक भएपनि एमाले तुलनात्मक रुपमा कमजोर रहे । बाम एकता भएर नेकपा बनेपछि मधेसमा नेकपा निकै बलियो हुन पुगेको थियो भने काँग्रेस कमजोर हुँदै गइरहेको थियो । मधेसमा कम्युनिष्ट पार्टी बलियो हुने कुरा दिल्लीको लागि अपाच्य भयो । त्यसमा पुर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले राष्ट्रियता सीमा सुरक्षा र मिचिएको भूमि फिर्ताको लागि लिनु भएको अडानको कारण दिल्ली छटपटाएर नेकपालाई विभाजन गराउन भित्रभित्रै प्रचण्ड र माधव नेपाललाई प्रयोग गरेको घट्नाक्रमबाट पुष्टि हुँदै जान थालेको छ । भारतले एमाले कमजोर भयो भने मात्रै नेपाललाई रिमोट कन्ट्रोलबाट चलाउन सकिन्छ भने निष्कर्ष अनुसार भारतले पाँच दललाई एकै ठाउँमा ल्याई दिएको कुरा मधेसी जनताले भलीभाती बुझ्न थालेका छन् । 

मधेसमा भारतलाई खुसी पारेर प्रचण्ड र उपेन्द्र यादव भरपुर कोसिस गरेपनि भारतले नेपाली काँग्रेस र लोसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई मात्रै पत्याउने गरेको छ । भारत र अमेरिकाले नेपालमा देउवाको नेतृत्वमा बन्ने सरकारबाट वा नेपाली काँग्रेसको नेतृत्वको सरबाट मात्रै संभव देखेकोले मधेसमा नेपाली काँग्रेसको पुरानो विरासत फर्काइ दिन लागेकोले मंसिर ४ गते हुन गइरहेको चुनावमा माओवादी र जसपा दुबैलाई कमजोर बनाउने निश्चित छ । एक सय सिटमा काँग्रेसले दाबी गरिरहँदा माओवादी र जसपाले पाउने सिट कति नै हुन्छ सजिलै अनुमान लगाउन सकिन्छ । 

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारले ओछ्याएको विकासको लीकमा आज जुन सरकार आएपनि हिड्नैपर्ने बाध्यता छ । मनमोहन अधिकारी नेतृत्वको सरकार ढाल्न पनि भारतले के गरेन ? त्यतिवेला पनि काँग्रेस लगायत सबै दलहरुलाई एक ठाउँमा ल्याउन गरेको हर्कत अविस्मरणीय छ ।मनमोहन अधिकारी नेतृत्वको सरकारको लोकप्रियता भारतको टाउको दुखाइ बन्नु र दुई पटक केपी ओली नेतृत्वको सरकारले भारतद्वारा लगाएको नाकाबन्दीको डटेर सामना गर्नु,राष्ट्रियता,समृद्धि र जनजीविकाको सबालमा देखाएको चटानी अडानले पनि भारत नेपालमा गरेको हस्तक्षेपले बनेको पाँच दलीय गठबन्धन हो भने कुरा मधेसका जनतालाई बुझ्न जरुरी छ । मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रियता,सुशासन,समृद्धि र सामाजिक न्याय समेत समेटिएको खुसी नेपाली,समृद्ध नेपालको एजेन्डा जनतालाई बुझाउन सके मधेसमा पनि एमाले कमजोर नरहने देखिएको छ । मधेसको जनता अब भावनामा बग्ने छैन । मधेसमा पनि शिक्षा स्वास्थ्य कृषि र पर्यटनको विकास होस् भने चाहन्छ । हुलाकी राजमार्ग निर्माण लगायत अन्य सडक निर्माण,राष्ट्रिय लोकमार्गलाई चार लेन बनाउने कार्य,कोसी कमला डाइभर्सन लगायत मधेसको समृद्धिको लागि ल्याएको विकासको कामबाट मधेसको जनता एमालेको पक्षमा मतदान गर्ने निश्चित छ । मधेस प्रदेशमा रहेको वर्तमान गठबन्धन सरकारले गफ मात्रै गरेको छ । भ्रष्टाचारमा अगाडि रह्यो । सामाजिक न्याय र भौतिक विकासमा फड्को मार्न सकेन । तसर्थ मधेसमा एमालेप्रति क्रेज बढेको छ । मधेसमा एमाले काँग्रेसबीच नै प्रतिस्पर्धा हुनेछ । जसपा र माओवादी निकै कमजोर हुँदैछ । मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ अभियान अन्तर्गत साइकल साइकल वितरणमा भएको भ्रष्टाचार पर्दा बाहिर आइसकेको छ । 

नेकपा एमाले मधेसको मुड बुझेर आफ्नो राजनीति गतिविधि अघि बढाइरहेको छ । यसपटकको निर्वाचनमा गठबन्धनलाई नेकपा एमालेले मधेसमा चुनौती मात्रै दिँदैन,परास्त गर्ने प्रवल संभावना बढेर गएको छ । मधेसवादी र माओवादीले मधेसी जनताको समृद्धि र सामाजिक न्यायको क्षेत्रमा काम गर्न सकेन । मुलुकको कायापलटको लागि दुई कार्यकाल नेकपा एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने कुरालाई कबुल गरिसकेका छन् । चुनावलाई आफ्नो पक्षमा पार्न गठबन्धनको सरकारले जनतालाई राहत दिन सकेन आहत दियो भने कुरा एमालेले बुझाउन सक्नुपर्छ। परमादेशी सरकारले जनादेशको अपमान गरेको कुरा चुनावी अभियानमा जोडतोडले प्रचार प्रसार गर्नुपर्छ । लहैलहैमा एमाले छाडेर माधव नेपालको पछि परेका नेता कार्यकर्तालाई घर फिर्ताको लागि पहल थाल्नुपर्छ। नेकपा एमालेको स्कूल विभाग,प्रचार प्रसार विभाग र संगठन विभागलाई वडा स्तरसम्म परिचालित गर्न आवश्यक देखिन्छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A