'मधेस प्रदेशमा एमालेले सबै तागत झोक्नुपर्छ'

  • भदौ १, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी

मंसिर ४ गते हुने चुनावमा मधेस प्रदेशमा कसको प्रा भारी होला ? गठबन्धनलाई एमालेले पछि पार्न सक्छ कि झन् दयनीय अवस्था होला ? यहि बीचम राष्ट्रपतिले फिर्ता गर्नु भएको नागरिकता विधेयकले असर पर्ला कि विभिन्न कोणबाट मधेसमा चर्चा चलि रहेको छ । गठबन्धनमा उम्मेदवारको व्यस्थापन चुनौती देखिएको छ भने नेकपा एमालेले गठबन्धनलाई परास्त गर्न निकै मेहनतको आवश्यक्ता छ । मधेस प्रदेशमा मधेसवादी मार्का भएका दलहरुको चमक पनि कम भएकै हो । नेपाली काँग्रेस आफ्नो पुरानो राजनीति जमीन फिर्ता गर्ने मुडमा छ । मधेसको राजनीति सेन्टीमेन्टमा बहकिने भएकोले नागरिकताको विषय अहिले उचालेर फेरि एमालेलाई कमजोर गर्ने रणनीतिमा नेपाली काँग्रेस र मधेसवादी दलहरु अघि बढिरहेको छ । यत्रो राष्ट्रिय अन्तराष्ट्रीय शक्ति केन्द्हरु लागेपनि नेकपा एमाले मधेस प्रदेशमा कमजोर छैन । तर, नेकपा एमालेलाई मधेसमा कमजोर गर्न दिल्लीले दुरबिन फिट गरिसकेको छ । यस्तो अबस्थामा नेकपा एमालेले के गर्ने ? कसरी अघि बढ्ने गमभीर हुन आवश्यक छ ।

मधेसमा दलित,महिला,मुस्लिम र गरीव जनताहरुको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने आवाज नेकपा एमालेले उठाएको मात्रै छैन । सरकारमा गएको बेला समाधान पनि गरेको छ । मनमोहन अधिकारीर केपी ओलीको नेतृत्वको सरकारले गरेको जन कल्याणका कार्यक्रमहरु ,विभेदको अन्त्य गर्न ,समाजवादका आधार खडा गर्न र राष्ट्रियताको सवालमा डटेर चटान झैं उभिदा भारत नेपाली काँग्रेस र मधेसवादीहरुलाई प्रयोग गर्दै आइरहेको छ । यस पटकको निर्वाचनमा त भारतले एमालेलाई कमजोर गर्न हर तरहले लाग्ने देखिन्छ । 

नेकपा एमालेले मधेसमा चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन प्रदेश स्तरीय कार्यशाला गोष्ठी लहानमा बुधबारदेखि सुरु गरेको छ । प्रशिक्षणको लागि महासचिव शङकर पोखरेल,भानुभक्त ढकाल,मधेसका नेताहरु रघुबीर महासेठ,प्रभु साह,लिलानाथ श्रेष्ठ,सुमन प्याकुरेल,राम चन्द्र मण्डल,राम दहाल मण्डल,राज कुमार लेखी र महिला नेतृहरुले आठवटै जिल्लाका जिल्ला कमिटिका पदाधिकारी र प्रदेश कमिटिका सदस्यहरुको दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना बहुत उपयुक्त समयमा आयोजना गरेको छ । आठ वटै जिल्लाका ३२ संघीय सांसद र प्रदेशसभा सदस्यहरुको उम्मेदबार कसलाई बनाउँदा जितिने सुक्ष्म रुपमा सर्वेक्षण गर्न आवश्यक छ । चुनाव जित्ने र पार्टी हाक्ने कुरालाई फरक नजरले हेर्न आवश्यक छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ठूलो ओहदा र पदमा रहेको नेताबाट अन्तर्घातको कारण जित्ने स्थानीय तह गुमाउनु परेको छ । मधेस प्रदेशमा यसको ताजा उदाहरण हो लहान नगरपालिका । लहान नगरपालिकामा पार्टीभन्दा जातिय उम्मेदवारलाई जिताउन अन्तर्घात भयो । लहान नगरपालिकामा मात्रै होइन,सखुवानन्कारकटिमा लज्जाजनक मत आयो । नेकपा एमाले जिल्ला कमिटिको अध्यक्ष चन्देश्वर मण्डल समेत यहि अन्तर्घात को शिकार हुनु परयो अर्नमा गाउँपालिकामा । मधेस प्रदेशका अन्य जिल्लाहरुमा पनि यो समस्या देखियो । स्थानीय तहमा अन्तर्घात गर्नेहरुलाई कार्वाही नगरिने हो भने संघ र प्रदेशमा पनि समस्या नहुने के ग्यारेण्टी ? २०७४ को स्थानीय चुनावमा लहान नगरपालिका जित हासिल गरेर प्रदेशकै प्रतिष्ठा कायम गरेको थियो । ५ वर्षमा हाम्रो लहान, समृद्ध लहानको नारा दिएर विकास निर्माणको कार्य पनि अन्य पालिका भन्दा राम्रो गरेको प्रमाण दिइरहनु पर्दैन। काम आफै बोलि रहेको छ । तर यस कार्यको प्रचार प्रसार पार्टीले गर्नु कहाँ हो कहाँ ठूलै नेताहरुको लागि अपाच्य भयो । दिनभरी पार्टीको झण्डा जलाएर रातभरी एमालेलाई हराउन सबथोक गर्यो ।

मधेस प्रदेशको दलित,महिला र गरीवको मत नै एमालेको भोट बैंक रहेपनि यो मत चुनावको एक दिन पहिले टिक्न नसक्ने पुरानो रोग रहेको छ । एमालेका वडा कमिटिका नेता कार्यकर्ताले एमालेले गरेको कार्यहरु र भावी योजना सहितको पुस्तिका प्रकाशित गरेर आफ्नो पारम्पारिक मतदाता र युवा पुस्तालाई आकर्षण गर्न कार्यक्रम ल्याउन जरुरी छ । एमालेका नेताहरु र अन्य पार्टीको नेताहरुको बोली व्यवहार र शैलीमा फरक ल्याउनु परयो । मधेसमा सुक्मबासीको समस्या समाधान,कृषिमा क्रान्तिकारी सुधार,शिक्षा र स्वास्थ्यको ग्यारेण्टी,मिटर ब्याजीको पीडाबाट मुक्ति,दाइजो प्रथाको अन्त्य,पर्यटन र सांस्कृतिक पक्षलाई मजबुत बनाउनुको साथै सुशासनको आधारहरु , नागरिकताको समस्या समाधान र सामाजिक न्याय र युवाहरुलाई रोजगारी लगायतका बिषयमा दक्ष प्रशिक्षकहरु वडा स्तर सम्म परिचालन गरे गठबन्धनलाई परास्त गर्ने निश्चित छ । नेकपा एमाले इतिहासकै अत्यन्त गमभीर मोडमा उभिएकोले नेकपा एमालेको नेता कार्यकर्ताहरु जो स्थानीय चुनावमा पार्टीको लिक छोडेर गलती भयो । अब नदोहोरिने प्रतिवद्धता र विश्वास पार्टीलाई दिलाउन जरुरी छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A