नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको छ : डा. राजेश अहिराज

  • भदौ २, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेका बेला मुस्लिम समुदायको पनि रगत बगेको छ तर नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको राजनीतिक विश्लेषक तथा मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले बताउनु भएको छ ।

बुधबार लहान ५ स्थीत रहेको मदरसा दरुल ओलुम हन्फिया असरफियमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि डा. अहिराजले यस्तो बताउनुभएको हो l

IMG_20220817_115240

नेपाल निर्माण गर्ने क्रममा मुस्लिम समुदायको अहम् भूमिका रहेको बताउँदै पृथ्वीनारायण शाहसँग नेपाल एकीकरणका लागि आएका मुस्लिम समुदायहरु हाथ हथियार बनाउने र गोर्खालीहरुलाई चलाउन सिकाउने काम गरेको बताउनु भयो।

गोरखा दरबारमा रहेको गोरखा सङ्ग्रहालयमा मुसलमानहरूको खासै उपस्थिति नरहेको प्रति दुःख ब्यक्त गर्दै इतिहासकारहरूले बेइमानी र अन्याय गरेको बताउँदै इतिहास पुनर्लेखन हुनुपर्ने माग गर्नुभयो ।

IMG_20220817_113239

मदरसामा अध्यनरत विद्यार्थीहरुले नेपालको इतिहास बुझ्नका लागि नेपाल परिचय पनि पढ्नुपर्नेमा जोड दिँदै मदरसाका बच्चाहरु पनि यहाँका सांस्कृतिक र राजनीतिक कुरा बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनु नपर्ने बताउँदै प्रदेश सरकारले मदरसा शिक्षालाई पनि विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित शिक्षक तथा समाजिक अगुवाहरुलाई नेपाल अंकित ब्याच लगाएर सम्मान गर्नु भएको थियो भने बालबालिकाहरूलाई शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो ।

IMG_20220817_113232 IMG_20220817_115245 IMG_20220817_113944 IMG_20220817_111318 IMG_20220817_113720

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A