बजारमा म्याद सकिएको दालमोट बिक्री हुँदै

  • असोज ५, २०७९
  • समृद्धिपथ

एलिना हिङ्गमाङ्ग चौधरी,

लहान । सिरहा नगरपालिका वार्ड नं ७ हेमनारायण चौक स्थित संचालनमा रहेको श्रवण किराना पसलमा म्याद गुज्रिएको दालमोट बिक्री भएको ग्राहकवाट गुनासो आएकोछ ।

सोही स्थानमा बस्दै आएका अजित शर्माले सो किराना पसलवाट खरिद गरेको दालमोठको प्याकेट फटाउदा खानेबेलामा अर्कै स्वाद लागेपछि प्याकेटमा हेर्दा म्याद सकिएको रहस्य खुलेको हो ।

महावीर फुड्स प्रोड्क्ट चोहर्वा सिरहाद्धारा उत्पादन गरेको शुभाषिश ब्राण्डको दालमोट शर्माले खरिदगरी ल्याएका थिए । उनले भने ‘जहिले पनि थोकमै दालमोट किन्दै आएको छु । अहिले पनि ४ प्याकेट खरिद गरी ल्याएको र साँझमा नास्ता खाने बेलामा प्याकेट फुटाएर खाँदा अर्कै स्वाद लाग्यो । अरु दिन भन्दा अर्कै स्वाद लागेपछि प्याकेटको बाहिर चेक गर्दा २०१९ लेखिएको म्यादलाई मेटाएर २०२२ को छाप लागेको देखियो ।’

सिरहाको चोहर्वामा संचालित महावीर फुड्स प्रोडक्टले उत्पादन गर्दै आएको शुभाषिश ब्राण्डको दालमोट केही हप्ता अघि मात्र थोकमा खरिद गरेको श्रवण किराना पसलका संचालक श्रवण साहले बताए । हामी थोकमा सामान किन्छौ । बाहिरी म्याद देखिदैन उनले भने ‘भित्र के थियो त्यति विचार गरिएन थोकमै बेचियो । म्याद सकिएको दालमोट परेछ भन्ने कुरा पछि बुझियो । उनका अनुसार दालमोठ वडा प्रहरी कार्यालयलाई जिम्मा लगायौ ।

म्याद सकिएको दालमोठ उपभोक्ता र किराना पसलवाट ल्याई जिल्ला प्रहरी कार्यालयमा बुझाएको वडा प्रहरी कार्यालय सिरहाका प्रमुख राजेश यादवले बताए । जानकारी पाएपछि म्याद सकिएको दालमा्ठ हामीले बुझायौ । हाम्रो काम बुझाउने हो, ‘उनले थप्दै भने, ‘त्यसवारे थप के भयो भएन् । त्यो सबै कुरा जिल्ला प्रहरी कार्यालयलाई मात्रै थाहा होला, हामीलाई केही थाहा भएन ।’

म्याद सकिएको दालमोठ फेला परेको घटनाक्रम बारे बुभ्दा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक सुबास बुढाथोकीले समान बरामद गरिसकेको र अब नियम अनुसार कार्वाही अगाडी बढाउने कुरा बताउनुभयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A