महोत्तरी ३ बाट महन्थ ठाकुर र सर्लाही २ बाट राजेन्द्र महतोले मनोनयन दर्ता गराए

  • असोज २३, २०७९
  • समृद्धिपथ
alt

सिरहा, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् भने राजेन्द्र महतोे सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष ठाकुर र महतोले पाँच दलीय गठबन्धनको साँझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्ष ठाकुसँगै प्रदेशसभा सदस्यका लागि ३ को (क) मा अभिराम शर्मा र (ख) मा रानी शर्मा तिवारीले पनि मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।

वरिष्ठ नेता महतो यसअघि धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर यसपटक महतो आफ्नै गृहजिल्ला फर्किएका हुन् ।

पाँच दलीय गठबन्धनमा लोसपाले सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको थियो ।

पाँच दलीय गठबन्धनकै अर्का उम्मेद्वार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेद्वारी दिएका हुन् ।

सर्लाही २ मा सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।

यसैगरी, प्रदेशसभा सदस्यका लागि सर्लाही २ (क) मा कांग्रेसका जंगीलाल राय र (ख) मा लोसपाका मेथुर चौधरीले मनोनयन दर्ता गराएका हुन् ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A