स्वतन्त्र उम्मेदबार कार्कीद्वारा औठा छाप गरेर १५ बुुँदे प्रतिबद्धता सार्वजनिक

  • कार्तिक ७, २०७९
  • समृद्धिपथ
alt

 

जीबछ उदासी 

लहान,कातिक ७ गते । 

सिरहा निर्वाचन क्षेत्र -२ का प्रतिनिधि सभाको स्वतन्त्र बामपन्थी उम्मेदबार सुरेश कुमार कार्कीले नेपाली (बसहा) कागजमा लिखित र औठा छाप सहितको प्रतिवद्धता पत्र पत्रकार समेलन गरी सार्वजानिक गर्नु भएको छ । 

 धनगडीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको हलमा सोमबार पत्रकार सम्मेलन गरी यस्तो प्रतिवद्धता ब्यक्त गर्नु भएको हो ।  प्रतिवद्धता गरेका १५ बुँदे कार्य गर्न नसके आफू राजीनमा समेत गर्ने उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । 

१५ बुँदामा निर्वाचित भएको ७ दिनमा राष्ट्रपति कार्यालय आगाडि अनसन बसेर नागरिकता समस्या समाधान गर्ने,सिरहा २ मा ५० शैयाको अत्याधुनिक अस्पताल निर्माण,ज्येष्ठ नागरिक रसुत्केरी महिलाको उपचारमा सहयोग पुरयाउने एम्बुलेन्सको व्यवस्था,कम्पोष्ट मल उत्पादन गर्न कारखाना खोल्ने लगायतका प्रतिवद्धताहरु समेटिएको छ । 

२९ वर्ष वकालत पेशा साढे सात वर्ष रेडियो नेपालको कार्यकारी निर्देशक भएर काम गर्नु भएको कार्की यस क्षेत्रको भावना र चाहना अनुसार बामपन्थी दलहरुबाट उम्मेदबार नभएकोले आफू उम्मेदबार भएको प्रष्टयाउनुभयो ।

बरियारपटि,औरही,नवराजपुर गाउँपालिका,सुखीपुर र धनगडीमाइ नगरपालिका रहेको यस क्षेत्रमा एक लाख सात हजार ४६५ मतदाता रहेको छ । सता गठबन्धनबाट नेपाली काँग्रेसको उम्मेदबार चित्रलेखा यादव,एमाले जसपा गठबन्धनबाट जसपा उम्मेदबार राजकिशोर यादव,स्वतन्त्र उम्मेदबार राम रिझन यादव,देव कुमार यादव लगायतका चर्चित अनुहारहरु प्रतिनिधिसभाको उम्मेदबार रहेका छन् । सुखीपुर नगरपालिका र धनगडीमाई नगरपालिकामा नेकपा एमाले,बरियारपटि,औरही र नवराजपजर गाउँपालिकामा जसपाले स्थानीय निर्वाचनमा जीत हासिल गरेको छ ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A