सप्तरीमा निर्वाचन आचारसंहिता कार्यान्वयन भएन

  • कार्तिक २३, २०७९
  • समृद्धिपथ

सुधा देव 
सप्तरी २३ कात्तिक । सप्तरीमा निर्वाचन आचारसंहिताविपरीत कार्यले सहरलाई कुरुप देखाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा क्रममा राजनीति दलका नेता कार्यकर्ताले प्रयोग गरेको उम्मेदवारको फोटो, पोष्टर, पम्प्लेटले सप्तरीको विभिन्न सहरलाई कुरुप बनाएको छ । 

चुनाव प्रचारप्रसारमा प्रयोग गरिएका विभिन्न पार्टीका झण्डा, चुनाव चिह्नअंकित पोष्टर, पम्प्लेट र उम्मेदवारहरुको फोटो जथाभावी राख्ने, फ्याल्ने कार्यले जिल्ला नै कुरूप देखिएको स्थानीय रामचन्द्र यादवले बताए । ‘अहिले बजार, हटिया सार्वजनिकस्थल जताततै उम्मेदवारको फोटो, पर्चा पम्प्लेटबाहेक केही देखिँदैन,’ उनले भने गाउँ सहरलाई कुरुप बनाएको छ । फोहोर बढाएको छ ।’ 

निर्वाचन आयोगले १७ कात्तिकदेखि प्रचारप्रसारको समयअवधि १५ दिन तोकेपछि विभिन्न पार्टी तथा उम्मेदवारहरुमा प्रचारप्रसार गर्ने प्रतिस्पर्धा चलेको उनको भनाइ छ ।

सदरमुकाम राजविराजमा पार्टीहरुले आफ्नो चुनाव चिह्नअंकित झण्डा व्यानर जथाभावी टाँगेको राजविराज– २ कि आरती झाले बताइन् । ‘कसले बढी प्रचार सामग्री प्रदर्शन गर्ने भन्ने प्रतिस्पर्धाले  जिल्ला नै कुरुप बनेको छ,’ उनले भनिन्  ।

बालबालिकाको प्रयोग 

चुनावी प्रचारप्रसारमा बालबालिका पनि प्रयोग गरिएको छ । पोष्टर पम्प्लेट टाँस्न अधिकांस उम्मेदवारले बालबालिकाको प्रयोग गर्ने गरेको आरती झाले जानकारी दिइन् ।  

सप्तरीमा निर्वाचन आचारसंहिताविपरीतका कार्य भइरहँदा निर्वाचन आयोग मूकदर्शक बनेर बसेको छ ।  दलहरूले प्रचारप्रसारको नाममा डिजे प्रयोग गर्ने, तोकिएको मापदण्डविपरीत पर्चा पम्प्लेटको तथा बालबालिकाको प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने राजविराज–२ कि रूही खातुनले बताइन्  ।

सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचन आचारसंहिता उल्लंघनका घटना अन्य जिल्लाको तुलनामा सप्तरीमा कम भएको दाबी गर्छन् । 
उनले तोकिएको मापदण्डविपरीत टाँसिएको र झुण्डिएको प्रचारप्रसार सामाग्री हटाइने प्रतिक्रिया दिए । उनले आयोगले तोकेको मापदण्डविपरीतका कार्य गरेको पाइएमा कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गर्न पछि नपर्ने बताए ।

सप्तरी निर्वाचन–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके), वाम–लोकतान्त्रिक गठबन्धनबाट जयप्रकाश ठाकुर चुनावी प्रतिस्पर्धामा छन् । - न्युज कारखाना 

यसैगरी प्रदेश (क) बाट एमाले– जसपाका साझा उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, वाम लोकतान्त्रिक गठबन्धनबाट सरोज मण्डल र जनमत पार्टीबाट सतिश कुमार सिंह प्रतिस्पर्धामा छन् ।

यस्तै प्रदेश (ख) मा वाम लोकतान्त्रिक गठबन्धनबाट पूर्वसिँचाई मन्त्री उमेशकुमार यादव, जसपाबाट लक्ष्मण यादव, जनमत पार्टीबाट पूर्व संविधानसभा सदस्य महेश प्रसाद यादव चुनावी मैदानमा रहेको यो क्षेत्र मतदाता र जिल्लाकै लागि मुख्य आकर्षकको केन्द्र बनेको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A