विकासका पक्षमा मतदान गर्ने मतदाताको भनाई

  • कार्तिक २७, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

सिरहा । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिरहाका ४ वटै निर्वाचन क्षेत्रका मतदाताहरु अधिकार भन्दा पनि विकासको पक्षमा रहेकोले सर्वपक्षिय इमान्दार विकास प्रेमी उम्मेदवारलाई मतदान गर्ने बताउन थालेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घरदैलो, चुनावी सभा, गोष्ठी, मतदातासंग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका उम्मेदवारहरुको चरित्र नियालिरहेको स्थानीय मतदाताहरु भन्न थालेका छन् ।

दलका नेता तथा कार्यकर्ताले पनि आ-आफ्ना पार्टीका घोषणापत्र लिएर घर घरमा गई आ-आफ्ना विकसका एजेन्डासहित भोट माग्नमा व्यस्त देखिन्छ । उनीहरुले विकासका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर मतदातालाई आफ्नो पक्षमा पार्नका लागि घरदैलो अभियान महत्वका साथ गरिरहेका छन् ।

निर्वाचनाका मिति नजिकदै जाँदा सत्ता गठबन्धन र एमाले जसपा गठबन्धन बीच कडा प्रतिस्पर्धाहुने देखिएको छ । सिरहा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका पद्म नारायण चौधरी र नेकपा एमालेका रामशंकर यादव बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै क्षेत्र २ मा सत्ता गठबन्धनकाबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसकी नेतृ पूर्व मन्त्रि चित्रलेखा यादव र एमाले जसपा गठबन्धनका उम्मेदवार पूर्व मन्त्री राजकिशोर यादव बीच कडा प्रतिसपर्धा हुने मतदाताहरु बताउँछन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा पनि दुई पूर्व मन्त्रिबीच प्रतिस्पर्धा कडा नै हुने स्थानीय मतदाताहरु बताउँछन् । एमाले जसपा गठबन्धनबाट एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ र सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार विश्वनाथ साह बीच प्रतिष्पर्धा हुने बताइन्छ ।

त्यस्तै हाइप्रोफाईलका नेताहरु पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । उनीहरु पनि आफू जित्ने दावी गरिरहेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै जिल्लाका सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदानस्थललाई विभाजन गरी सोहीअनुसार सुरक्षा निकायलाई परिचालन गरिएकाले ढुक्कसँग मतदान गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले सबै मतदातामा आग्रह गर्नु भएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A