सप्तरीमा निर्वाचनको तयारी पूरा

  • मंसिर १, २०७९
  • समृद्धिपथ
alt

सप्तरी, १ मंसिर 

जिल्ला निर्वाचन अधिकृतको कार्यालय सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीमा निर्वाचनको तयारी पूरा भएको बताएका छन् ।

उनले जिल्लामा २९७ मतदानस्थलमा ५३६ वटा स्थायी र २ वटा अस्थायी गरी ५३८ वटा बुथमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
'जिल्लामा टाढा रहेको बुथमा सुरक्षाकर्मीसहित आजै मतदान सामग्री पठाइउने काम भइरहेको छ । नजिकै रहेका बुथमा भोलि कर्मचारी सुरक्षाकर्मीसहित मतदान सामग्री पुग्ने उनको भनाइ रहेको छ ।

३० वैशाखमा भएको स्थानीयतह निर्वाचनको आधारमा २९७ वटै मतदानस्थलको सुक्ष्म अध्यनन गरेर निर्वाचनको तयारी गरिएको जानकारी दिए । 

सप्तरीमा २०८ वटा मतदानस्थल अति सम्वेदनशील, ८३ वटा सम्वेदनशील र ६ वटा सामान्य रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
जिल्लाका चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझसकेका छन् ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A