एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट निर्वाचित

  • मंसिर ७, २०७९
  • समृद्धिपथ
alt

झापा, मंसिर ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्दा २८ हजार ५७४ बढी हो ।

ओलीले प्राप्त गर्नुभएको मत यो निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी हो । २०४८ सालदेखि सोही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संबिधानसभा निर्वाचनबाहेक सवै निर्वाचनमा बिजयी बन्दै आउनु भएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A