गोलबजारमा माओवादी केन्द्रले गरेको जक्का जाम सहमति पछि खुल्यो

  • मंसिर १०, २०७९
  • समृद्धिपथ
alt

लहान । नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरु गोलबजार स्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी गरेको चक्का जाम ८ घण्टा पछि खुलेको छ ।

शुक्रबार सिरहा ३ बाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह-इन्चार्ज लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरुले गोलबजार नगरका पूर्व मेयर देवनाथ साहको घरमा ढुंगामुढा गरेको आरोप लगाउदै शनिबार दिन भरी बन्द गरिएको सडक ढुङ्गामुडा गर्नेमाथि कार्वाही गर्ने सहमति पछि खुलेको हो ।

माओवादी केन्द्रका कार्यकर्ताहरु विहानैदेखि प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गर्दा लामो तथा छोटो दूरीका सवारी साधन अलपत्र परेका छन् । विरोधमा संलग्नहरूले बजार पनि बन्द गराएका थिए ।

माओवादी केन्द्र सिरहाका जिल्ला इञ्चार्ज अजयशंकर नायकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जितको उन्मादमा गरिएको गुण्डागर्दीको निन्दा र भर्त्सना गर्दै तत्काल घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको लागि स्थानीय प्रशासनसँग माग गरेका छन् ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A