लहान-१० द्वारा सांसद यादवलाई सम्मान

  • पुस १९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,पुस १९ गते । 

नेकपा एमालेका इन्चार्ज समेत रहनु भएको पुरानो नेताको रुपमा चिनिनु भएको गंगा प्रसाद यादवलाई प्रतिनिधिसभाको समानुपातिक सांसदको रुपमा चुनिएपछि लहान-१० वडा कमिटिले सम्मान गरेको छ ।

लहान -१० का वडाध्यक्ष तथा जिल्ला कमिटि सचिवालय सदस्य मन्टी कुमार मण्डल ,लहान-१० का वडा कमिटि अध्यक्ष विन्देश्वर पासवान नेपाल बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष भैरव प्रसाद गेलाल लगायत स्थानीय नेताहरुले माला लगाई खादा ओढाइ जनहितमा काम गर्नुपर्ने कामना गर्दै सम्मा गर्नु भएको थियो ।

सम्मान ग्रहण गर्दै सांसद यादबले मुलुक अब समाजवादको यात्रामा अघि बन बामपन्थीहरुको नेतृत्वमस सरकार आवश्यक भएको बताउँदै सबै बाम एक ठाम हुने विश्वास व्यक्त गर्नुभयो।

चार दशकदेखि बाम आन्दोलनमा लाग्नु भएको यादव २०५४ सालमा बस्तीपुर गाविस अध्यक्ष,२०६४ सालको संविधानसभाको उम्मेदबार भएर सिरहा -१ बाट पराजित ,२०७४ सालमा नेपाली काँग्रेसका प्रदिप गिरीसँग पराजित हुनु भएको यादव नेकपा एमालेको केन्द्रीय सदस्य हुँदै यस पटक प्रतिनिधिसभा सदस्यमा मधेसी कोटामा समानुपातिक सांसदमा चुनिएपछि पार्टीले न्याय गरेको एमालेका आम कार्यकर्ताहरुको बुझाई रहेको छ ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A