लहान ९ मा दुई दिने थारु माघी महोत्सव सुरु

  • माघ १, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिरहाको लहानमा थारु माघी महोत्सव-२०७९ सुरु भएको छ । लहान ९ खुट्टीपारी गोठ टोल स्थित आधारभूत विद्यालयको खेल मैदानमा आजदेखी सुरु भएको महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ ।
दुई दिने प्रथम थारु माघी महोत्सवलाई लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लहान नगरको विकासका लागि सामुदायिक संस्कृतिको विकास हुन जरुरी रहेको बताउनु भएको छ ।

पक्की सडक र ठूला ठूला भवन बनाएर मात्र विकास न हुने दावी गर्दै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकताका लागि सिफारस निःशुल्क गरेका छौ । त्यो पनि लहान नगरको लागि ठूलो विकासको रुपमा रहेको बताउनु भएको छ ।

उहाँले हामी निर्वाचित भएर आएदेखि जनचाहना अनुसार विकासको काम हुन नसकेको स्विाकार गर्दै आगामी दिनहरुमा जनचाहना अनुसार विकास निर्माणको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अगामी वर्ष २०८० देखी माघी महोत्सवको नेतृत्व लहान नगरपालिकाले लिने घोषाणा समेत गर्नु भयो ।

photo_2023-01-15_16-36-13 (2)

श्री लहानगोठ माघी महोत्सव मेला समितिको संयोजक तथा लहान ९ का वडाध्यक्ष घुरल चौधरीको अध्यक्षतामा संचालित उद्घाटन कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका प्रमुख महेश चौधरी तथा विशिष्ठ अतिथि नगर उपप्रमुख रामचलितर महतो र लहान नगरपालिकाका कानूनी सल्लाहकार सन्तोष सुवेदी रहेका थिए ।

कार्यक्रममा लहान नपाका आर्थिक सल्लाहकार उमेश साह, लहान सिटि जेसिसका अध्यक्ष तथा पत्रकार फिरोज शेख, राससका समाचारदाता एलिना हिंगमाङ्ग चौधरी, लहान ९ का वडासदस्यहरु राजकुमार मल्ल, एस कुमार चौधरी, लहान ९ का पूर्व वडाध्यक्ष ज्वाला प्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो ।

उक्त महोत्सवमा थारुहरुका विभिन्न नृत्यहरु प्रतियोगिताहरु जस्तै, झुमरा, झर्रा नाँच र खानाका परिकारहरुमा घुँगी, ढिकुरी, माछका स्टल, रस्सीका स्टल, बालबालिकाका लागि रमाइलो मेला, ठुलो पोखरीमा डुंगामा सयरगनुका साथै महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

photo_2023-01-15_16-36-17

photo_2023-01-15_16-36-13 photo_2023-01-15_16-36-15 (2) photo_2023-01-15_16-36-15 photo_2023-01-15_16-36-15 (4) photo_2023-01-15_16-36-15 (3) photo_2023-01-15_16-36-16 photo_2023-01-15_16-36-16 (3) photo_2023-01-15_16-36-16 (2) photo_2023-01-15_16-36-15 (5)

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A