लहानमा वाणिज्य कार्यालय र स्थानीय प्रशासनको अनुगमन, ६ वटा पसललाई एक लाख १५ हजार जरिवाना

  • माघ १८, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको लहानमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज र स्थानीय प्रशासनको संयुक्त टोलीले लहान बजार अनुगमन गरेको छ । बजार अनुगमन टोली बजारमा आएपछि अधिकांश पसलहरु बन्द भएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, इलाका प्रशासन कार्यालय लहान र घरेलु तथा साना उद्योग कार्यलय लहानको संयुक्त अनुगमन टोलीले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका, म्याद गुज्रेका खाद्ययपदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरेको हो ।

अनुगमनका क्रममा लहान ८ स्थित रहेको माखनभोग स्वीट एण्ड नमकिनलाई ५० हजार, लहान १ स्थित रहेको माँ सती अनसुइया किराना पसललाई २० हजार, जय महिमा सप्लायर्स र सरस्वती खाद विज भण्डारलाई १५/१५ हजार जरिवाना गरिएको छ ।

त्यस्तै एस टी एम फर्मा प्रा.लि.लाई १० हजार र नोवेल मोवाईल हाउसलाई ५ हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप कुमार खंग खत्वेले जानकारी दिनु भयो ।

अमित रेडिमेड जेनर स्टोर र इश्वर ट्रेड एण्ड सप्लायर्सलाई सामान्य अनुगमन गरिएको जानकारी दिनुभयो । अनुगमनका क्रममा बरामद भएका उपभोग गर्ने म्याद नाघेका पेयपदार्थ, अखाद्य वस्तु जफत गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी खत्वेले जानकारी दिनुभयो । जरिवाना गरिएको फर्मलाई ७ दिन भित्र बैंकमा जरिवानाको रकम दाखिला गर्न निर्देशन दिइएको जनाइएको छ ।

बजार अनुगमन गर्दा तत्काल जरिवाना हुन सक्ने कसुर भए गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसूरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना जरिएको जनाइएको छ । ऐन, नियममा रहेका प्रावधानहरु पालना गर्न सम्पूणर् व्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् ।

photo_2023-02-01_19-15-54

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A