जनयुद्धका शहिदहरुको सपना साकार गर्न पार्टीमा आन्तरिक एकता आवश्यक

  • फागुन १, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन २८ गते । 

नेकपा माओवादी लहान नगर कमिटिले आयोजना गरेको २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा पार्टीका अगुवा नेता कार्यकर्ताहरुले जनयुद्धको मान्यता र शहिदको सपना साकार गर्न लागि पर्ने प्रण गरेका छन् । 

   सम्बोधनको क्रममा केन्द्रिय सल्लाहकार कमिटिका सदस्य खडग नारायण चौधरीले पार्टीमा भित्रिएको गैर क्रान्तिकरी चरित्र र अपराधी प्रवृति हटाउन संगठनले शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । 

विपत्त व्यवस्थापन समितिको के स सुरेन्द्र साले  पार्टीभित्र देखिएको गुटफुटको विकृति हटाएर एकतावद्ध भएर लागे  मात्रै शहिदको सपना साकार हुने तर्क गर्नुभयो 

वासियल नेपाल सिरहाका जिल्ला अध्यक्ष विवेक परियारले सामाजिक विकृति र भ्रष्टाचार गतिविधि रोक्न युवाहरुको संगठन बनाएर महान जनयुद्धका शहिदहरुको सपना साकार गर्न लाग्नुपर्ने बताउनुभयो ।

नेकपा जिल्ला कमिटि सदस्य देव नारायण महतोले लहान नगर कमिटिको केहि कमरेडहरु पार्टीको मूल नीति बाहिर रहेर पार्टीमा उर्जा नआउने धारणा राख्नुभयो । 

लहान नगरपालिकामा माओवादी पार्टीलाई जनताको हीतमा समर्पित भएर लाग्न एकतावद्ध गर्न अहिलेसम्म नरम रुख अपनाएको नगर अध्यक्ष हेमन्त कुमार यादवले भन्दै पार्टीलाई कमजोर गर्नेहरुलाई अब छुट नहुने धारणा राख्नुभयो । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A