सिरहामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी

  • चैत १६, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमालेको पार्टी शुद्धिकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियान टोलटोलमा जारी छ । अभियान अन्तर्गत विहिबार सिराहाको लहान वडा नम्बर २१, ५ र ९ मा टोल कमिटी बिस्तार गरिएको छ ।

लहान नगरपालिका वडा नं. ९ को वडा कमिटी बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य सरिता गिर यादवले देश र जनताका लागि लड्ने एकमात्र पार्टी नेकपा एमाले नै भएको बताउनु भएको हो ।

उहाँले टोल कमिटी भनेको पार्टीको पिल्लर भएको बताउँदै पिल्लर बलियो भएमा घर बलियो हुने र त्यो घर सिंगो नेकपा एमाले भएको बताउनुभयो । उहाँले प्रत्येक व्यक्तिको समस्या बुझ्ने र नजिक हुने भनेको नै स्थानीय कार्यकर्ता भएको उल्लेख गर्दै अबको नेतृत्व युवाको काँधमा रहेको बताउनुभयो । अब एमालेले प्रत्येक व्यक्तिलाई उत्पादनसँग जोड्ने उदेश्य लिएको बताउँदै मिसन ग्रासरूटबाट पार्टीमा भएका समस्या पत्ता लगाई सोहि आधारमा पार्टीले आवश्यक प्रशिक्षण दिने बताउनुभयो ।

2
विशिष्ठ अतिथिका रुपमा बोल्दै नेकपा एमाले सिरहा क्षेत्र १ बाट निर्वाचित संघिय संसद राम शंकर यादवले नेकपा एमालेलाई बलियो र पहिलो शक्ति बनाउने अभियान ‘मिसन ग्रासरूट’ भएको बताउनु भयो ।

उहाँले विभिन्न षडयन्त्र र घेराबन्दीको बीचमा पनि लोकप्रिय मतमा पहिलो हुनु नेकपा एमालेले राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्विका लागि लिएको अडान र भूमिकालाई नेपाली जनताले अनुमोदन गरेको बताउनु भयो ।

नेता यादवले पार्टी नेता र कार्यकर्तामा सिद्वान्त र व्यवहारमा एकरूपता ल्याउने र एकढिक्का भएर क्रियाशील हुन, पार्टीलाई बलियो र पहिलो शक्ति बनाउन मिसन ग्रासरूट सञ्चालन गरिएको समेत बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले बाटोघाटो र विद्युत पोललगायतका समस्या भएकोले छिट्टै नै यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

वडा कमिटि अध्यक्ष मो. नियामुद्दिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्यद्वय गिता चौधरी र प्रदिप कुमार चौधरी, नेकपा एमाले सिरहा जिल्ला कमिटि सचिवालय सदस्य इन्द्र नारायण चौधरी, नेपाल बुद्धिजिवी परिषदको केन्द्रिय सदस्य तथा लहान ९ का वडा सदस्य राजकुमार मल्ल, नेकपा एमाले लहान नगर कमिटि अध्यक्ष राजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।

3

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A