लहान नगरप्रमुख चौधरीको मिलोमतोमा सरकारी सम्पत्तीमा भ्रष्टाचारको आरोप

  • चैत १९, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको मिलोमतोमा लहान ७ का वडाअध्यक्ष रामऔतार शर्माले सरकारी सम्पत्ती आफूखुशी बेचविखन गरी भ्रष्टाचार गरेको आरोप स्थानीयहरुले लगाएका छन् ।

लहान-७ स्थित रहेको पुरानो नगरपालिकामा १५ लाख मूल्य बराबरको कावाडी फलामहरु कुनै लिलामी प्रक्रिया पुरा नगरी बिक्री गरेर वडाध्यक्ष राम औतार शर्माले नीतिगत भ्रष्टाचार गरेका हुन् ।

सरकारी सम्पत्ति गैरकानूनी रुपमा दुरुपयोग गरेको भन्दै लहान-७ का पुर्व वडाध्यक्ष राकेश कुमार गुप्तालगायत स्थानीयहरुले अख्तियार रुपयोग अनुशन्धान आयोगमा निवेदन समेत दर्ता गराएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

पत्रकार सम्मेलनमा पूर्व वडाध्यक्ष गुप्ताले नगरपालिकाको सम्पत्ति जनताको हितमा हुने भएकाले कानुनी र नैतिक मापदण्डको पालना गरी पारदर्शी ढंगले बिक्री वितरण गरिनुपर्छ । तर, वडा अध्यक्षले कानुन उल्लङ्घन गरी गैरकानूनी रूपमा सामान बिक्री वितरण गरी जनहितमा ठेस पुर्‍याएको आरोप लगाएका छन् ।

वडाध्यक्ष शर्मामाथि लागेको आरोपले जनतामा गम्भीर चासो बढाएको छ भने यस विषयमा गहिरो अनुसन्धान गरी गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

लहान ७ का पूर्व वडा सदस्य आनन्द चौधरीका अनुसार नगरपालिकाको सम्पत्तिको अवैध बिक्री वितरण गम्भीर विषय हो जसलाई हल्का रुपमा लिनु हुँदैन । यसले कानूनको शासनलाई कमजोर बनाउनुका साथै सरकारी संस्थाहरूप्रति जनताको विश्वासमा चोट पुर्‍याउँछ। तसर्थ, वडा अध्यक्ष विरुद्धको आरोपको गहिरो छानबिन गरी दोषीहरूलाई कारवाही हुनु पर्ने माग गर्नुभयो ।

लहाननगर प्रमुख महेश प्रसाद चौधरीले सपथ लिने क्रममा आफू भ्रष्टाचार नगर्ने र कसैको पनि भ्रष्टाचार नसहने उदघोष गर्दै आफू त्यहिदिन राजीनामा दिने घोषणा समेत गर्नु भएको थियो। पूर्व वडाध्यक्ष राकेश रोशन गुप्तालगायतका स्थानीयहरुले प्रमाणसहितको आरोप लगाएकाछन् । अब शुशासन र पारदर्शितामा प्रतिबद्ध मेयर चौधरीले भ्रष्टाचार बिरूध्दको उद्घोष निष्पक्ष रूपमा कार्यान्वयन गर्ने कि नगर्ने ? नगरवासी प्रतिक्षा गरेका छन् ।

8

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A