आईपीएल : पञ्जाबसँग लखनउ २ विकेटले पराजित

  • वैशाख ३, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ ।

लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो । राजा म्यान अफ दि म्याच बने । उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।


लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।


लखनउका लागि कप्तान केएल राहुलले ७४ रन र कायल मेयर्सले २९ रन जोडे ।

पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ र कागिसो राबडाले २ विकेट लिए ।

यो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । ५ खेलबाट नै ६ अंक रहेको लखनउ राम्रो रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A