उपनिर्वाचन उपेन्द्र यादवको लागि कति सहज ?

  • वैशाख ६, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

बैशाख १० गते तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तनहुँ -१,बारा-२ र चितवन -२ मा हुने निर्वाचन दलहरुको प्रतिष्ठा दाउमा लागेको अडकल भइरहेको छ । कुनै पनि निर्वाचन सहज र सरल हुँदैन । तीनवटा निर्वाचन क्षेत्रमा सीमित निर्वाचन राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको बिषय बनेको छ । तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र चितवन -२ रवि लामिछाने जितेको क्षेत्र बारा -२ उपराष्ट्रपति राम सहाय यादव जितेको क्षेत्र हो । तीनै क्षेत्रमा आफ्नो आफ्नो विरासत कायम राख्न सारा शक्ति दलहरु झोकि रहेको छ । चितवन र तनहुँमा काँग्रेस एमालेको लागि रास्वपा भारी हुने देखिको छ भने बारा -२ उपेन्द्र यादवको लागि अग्नीपरीक्षाको रुपमा रहेको चर्चा चलिरहेको छ ।

बारा -२ मा उपेन्द्र यादव उम्मेदबारी  दर्ता गराउनुभन्दा आगाडि उहाँलाई  जति सहज लागेको थियो अहिले अवस्था  त्यति सहज छैन  !  यादवको अनुहारमा देखिएको निरासाले नै यो कुरा प्रष्टरुपमा  झल्किरहेको छ । राम सहाय यादवलाई उपराष्ट्रपतिमा जिताएपछि बाराका मतदाताहरु पुलकित भएर उपेन्द्र यादवलाई जिताउने चाहना जसपाका नेताहरुमा थियो । तर बाराका मतदाताहरु आउने दिनमा जसपा पार्टीको अध्यक्ष हुन सक्ने खुबि भएको नेतालाई उपराष्ट्रपतिमा सीमित गरेर बारावासीको लागि उचित निर्णय नगरेको तर्कपनि जसपाभित्रै उठिरहेको छ । बारावासीले राम सहाय यादवलाई उपराष्ट्रपतिमा मात्रै सीमित हुन मददान गरेको थिएन ।  सक्रिय राजनीतिमा राम सहाय यादव रहि रहनुपर्ने सारा संभावनालाई आफू सांसद हुन उपेन्द्र यादवले यस्तो गरेको रोसपनि मतदाताहरुमा देखिन्छ । यादव समुदायको मत उपेन्द्र यादवले  चुनाव जित्ने अनुमान भइरहेको छ भने   यादवको विरोधमा गैर यादव मतदाताहरु धुर्विकरण भइरहेको अर्को चुनौतीको सामाना उहाँलाई गर्नुपर्ने देखिन्छ । गठबन्धनका नेताहरु चुनावी मञ्चमा देखिएपनि मतदाताहरुको मनमा यादवप्रति सहानुभूति छ कि छैन त्यो कुरा महत्पूर्ण हो । मंसिर ४ को निर्वाचनमा गठबन्धन  मधेस प्रदेशमा विश्वसनीय नरहेको प्रमाणित भैसकेको छ । उपेन्द्र यादवको पद र कदले भोली  सदनमा समस्या हुनेहरुले मुखमा राम राम वगलीमा छुरी भन्ने उखान चरितार्थ भयो भने यादवलाई अर्को  चुनौती हुनेछ । 

सप्तरी-२ मा यादवले विकासको काम गरेर पनि फराकिलो मतले हारको सामना गर्नु परेको थियो । अहिले बारामा पनि त्यस्तै प्रकृतिको चुनावी वातावरण बारामा बन्न थाल्नु उपेन्द्र यादवको लागि अर्को चुनौती खडा भएको छ  । नेपाली काँग्रेस,नेकपा माओवादी लोसपा नेकपा एकिकृत समाजवादीको गठबन्धनको मत यताउता भएन दलका उर्दी कार्यकर्ताले पालना गरेको खण्डमा मात्रै उपेन्द्र यादवको लागि जित्ने बलियो  त आधार हो । तर गठबन्धन नामको लागि छ कि कामको लागि पनि हो त्यो त १० गतेपछि घामजस्तै छर्लङ्ग हुनेछ । त्यो भन्दा आगाडि उहाँको जीत हारबारे विभिन्न अडकलहरु हुन थालेको छ । उपेन्द्र यादव सप्तरी -२ बाट चुनावमा पराजित भएपछि उहाँले बाराको यात्रा गर्नुहुँदैन्थ्यो । पाँच वर्ष संगठन निर्माण र पार्टीको आन्तरिक जीवनमा समय दिँदा उचित हुने जसपाका अधिकांश नेताहरुको मनसाय पनि व्यक्त भइरहेको छ । यस्तो अवस्थामा उपेन्द्र यादवको लागि बारा -२ सोचेजस्तो सहज छैन् । 

मंसिरको निर्वाचनमा शिवचन्द्र कुशवाहा ३५४ मतले मात्रै पराजित हुनु भएको थियो । कुशवाहा यतिवेला जनमत पार्टीबाट उम्मेदबार भएर सारा तागत झोक्दै धर्तीपुत्रको नारा दिएर चुनावमा होमिएको छ । निर्वाचन नजिकिँदै गएपछि उपेन्द्र यादव र कुशवाहाको बीचमा कडा प्रतिस्पर्धा हुने सङ्केत देखिन थालेको छ । एमालेको उम्मेदबार पुरुषोत्तम पौडेल,आजपाका अरुण ज्ञावाली रास्वपाका रमेश खरेलको पक्षमा पनि जनलहर अहिलेसम्म देखिएकोले बारा -२ मा थोरै मतले जो पनि बाजी मार्न सक्ने चर्चाले पनि त्यतिकै गति लिएको छ । बारा -२ मा अरुको जीतहारभन्दा उपेन्द्र यादवको जीतहारले निकै महत्व राख्नेछ । यादवको लागि उप निर्वाचन अग्नीपरीक्षा त हो नै । राजनीतिक जीवनपनि दाउमा लागेको छ । जित्नुभयो पनि उहाँको लागि पार्टीभित्र हैसियत र शक्ति सन्तुलन कायम रहला । पराजित भयो भने पार्टीको अध्यक्ष पदमा पनि प्रश्न उठने खतरापनि त्यतिकै छ । तसर्थ,उपेन्द्र यादवलाई बारा-२ जित्नैपर्ने बाध्यता भएपनि मतदाताको निर्णय सर्वोपरि हुनेछ । चितवन-२ र तनहुँ -१ मा नेपाली काँग्रेसका उम्मेदबार जीत नारायण श्रेष्ठ र गोबिन्द भट्टराइको लागि रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्ले चुनावी नतिजा हात पार्न सक्ने संभावना बढ्दै जान थालेको छ । चितवन -२ मा रवि लामिछानेको लोकप्रियतामा कमि आएको छैन् । यहि अवस्था देखेर नेपाली काँग्रेस र नेकपा एमाले रवि लामिछानेलाई हराउन हिसाव किताबमा लागेको कुरा बाहिरिएको छ । यस्तो भयो भने लामिछानेको लोकप्रियता झनै बढ्ने चर्चा भइरहेको छ । तनहुँमा स्वर्णिम वाग्ले दिनानुदिन मजबुत हुनुले उपनिर्वाचनको परिणाम पहाडमा घण्टी र मधेशमा होरन बज्ने संकेत २०८४ को लागि नहोला भन्न सकिन्न । पुरानो  पार्टीहरु चुनावी गठबन्धन गरेर जनतालाई आफ्नो पक्षमा पार्ने मनोविज्ञानबाट अलग भएर जनताको सेवामा समर्पित हुन जरुरी छ ।सुशासन समृद्धि शान्ति र विकासको लागि नयाँ शिराबाट अघि बढ्नुपर्छ भने पाठ पुरानो पार्टीको लागि सन्देस हुनेछ उपनिर्वाचनको परिणाम । सधैं इतिहास र शहिदहरुको नाम भजाएर दशकौ जनता मतदाताहरुलाई भ्रममा राख्न नसक्ने परिस्थिति देखापरिसकेको छ । पुरानो दलको रवैयाको विकल्पमा घण्टी र होरन बज्ने अवस्था १० गते हुने निर्वाचनमा मतदाताहरु मत खसाल्ने अवस्था आउन सक्छ ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A