श्री माध्यमिक विद्यालय लहान गोठको विद्यार्थी भर्ना अभियान र्‍याली सम्पन्न

  • वैशाख ११, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्‍याली सम्पन्न गरेको छ ।

शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्‍याली सम्पन्न गरेको हो ।

उक्त र्‍याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो ।

342916493_535936112073177_3115514665958780736_n

निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्रारम्भसँगै आम सर्वसाधारणको जानकारीका लागि यस्तो र्‍यालीको आयोजना गरी अभिभावकको ध्यान खिच्न सकेको बताउनुभयो ।

हामीले यस माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउने उद्देश्यका साथ अघि बढेका छौं । यहाँ बाल विकासदेखि कक्षा ९ सम्मको नयाँ भर्ना खुल्ला गरिएको छ । शिक्षा हासिल गर्नका लागि शान्त वातावरण रहेको यस मा.वि.मा आवश्यक पर्ने भौतिक एवम् शैक्षिक सामग्रीको प्रयाप्ता रहेको छ । निःशुल्क अध्ययनको अवसरका साथै स्वस्थ्यकर खाजा खान पाउने अवसरको संपूणर् लाभ विद्यार्थीले उपयोग गर्न पाउन भन्ने थप उद्देश्यले र्‍यालीको आयोजना गरिएको निमित्त प्रधानाध्यापक महतोले जानकारी दिनुभयो ।

बाल विकासदेखि कक्षा २ सम्म अंग्रेजी माध्यममा कक्षा संचालन हुने जनाउदै उहाँले हामी सँग अत्यन्तै योग्य र तालिमप्राप्त शिक्षकहरुको टीम हुनुका साथै भौतिक सुविधा सम्पन्न शैक्षिक पूर्वाधार समेत रहेकोले अभिभावकलाई एकपटक विद्यालयको अवलोकन भ्रमणको निम्तो दिन पनि र्‍यालीको आयोजना गरिएको महतोले बताउनुभयो ।

342906293_604574751705217_2760351985978616128_n

लहान ९ का वडाध्यक्ष घुरन चौधरीले यस्तो र्‍यालीबाट शिक्षकहरु थप उत्साहित हुने र समुदाय प्रति विद्यालयको जिम्मेवारीलाई बुझ्न र्‍यालीले सहयाग पुगेको बताउनु भयो ।

उहाँले ऐतिहासिकता र गौरवमय शैक्षिक बिरासत बोकेको यस माध्यामिक विद्यालयको सकारात्मक पक्षलाई जनसमक्ष लिएर जाने प्रयत्न स्वरूप यो र्‍यालीको आयोजना गरिएको बाताउनु भयो ।

लहान नगरपालिकाको साझेदारीमा श्री मा.वि.लहान गोठले आयोजना गरेको विद्यार्थी भर्ना कार्यक्रममा सिविएमको आर्थिक सहयोग तथा सि.एम.सी.नेपालको प्राविधिक सहयोग रहेको थियो ।

342967277_1385695422190126_5591080214618963909_n 342836171_547704087445450_1117532463976072214_n

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A