स्कूल क्याप्टेनका लागि समता स्कूलमा नमुना मतदान

  • वैशाख २९, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । निर्वाचनको झल्को दिनेगरी समता स्कूल लहानले शुक्रबार स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउस क्याप्टेन छनोटका लागि मतदान कार्य सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउ क्याप्टेन चयन गर्न लागिएको समता स्कूलका प्रधानाध्यापक कमल सिंगतानले बताउनु भयो ।

कक्षा १ देखि ९ सम्मका २ सय ५० जना विद्यार्थीहरुले क्याप्टेन छनोटका लागि भएको निर्वाचनमा भाग लिएका थिए ।

क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट स्कूल क्याप्टेनमा साक्षीराज मण्डल र भ्वाईस क्याप्टेनमा आइशा चौधरीलगायत हाउसन क्याप्टनहरु निर्वाचित भएको निर्वाचन कार्यक्रममा संलग्न समता स्कूलका शिक्षिका रंजीता स्वणर्कारले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रममा लहान ८ का वडाध्यक्ष श्याम सोनीको पनि उपस्थिती रहेको थियो ।

photo_2023-05-12_15-53-53

सिरहाको लहानमा रहेको समता स्कूल वि सं २०७१ सालमा शाखा विद्यालयको रुपमा स्थापना भएको हो । समता स्कूलको खास विशेषता भनेको १ सय रुपैयाँमा अध्यापन गराउनु हो ।

गुणस्तरीय शिक्षा र थोरै शुल्कका कारण पनि समता स्कूलको लोकप्रियता बढ्दो छ भने अभिभावकहरुको पहिलो रोजाईमा बनेको छ यो विद्यालय ।

बालबालिकालाई अत्यन्तै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको मुल उद्देश्य हो । यसका अलावा यस विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तीको व्यवस्था गरेको छ । समता स्कूलले दक्ष, सिर्जनशिल, प्रतिष्पर्धी, असल, सफल विद्यार्थी उत्पादन गर्दै आएको स्कूलका प्रधानाध्यापक सिंगतानले बतानु भयो ।

स्कूलले गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिदै विभिन्न समयमा प्रतियोगिताहरु पनि सञ्चालन गर्ने गरेका छन् ।

 photo_2023-05-12_15-53-51photo_2023-05-12_15-53-51 (2)photo_2023-05-12_15-53-51 (5)photo_2023-05-12_15-53-51 (4)photo_2023-05-12_15-53-52 (2)photo_2023-05-12_15-53-52 (3)photo_2023-05-12_15-53-54photo_2023-05-12_15-53-53 (3) photo_2023-05-12_15-53-52

photo_2023-05-12_15-53-53 (2)

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A