सिरहामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु

  • जेठ १, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । तराई मधेशका जिल्लाहरुसंगै सिरहामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु गरिएको छ । ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिक बनौ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको आयोजनामा आज सोमवारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु गरिएको हो ।

प्रमुख अतिथिका रुपमा लहान नगरपाकिलाका नगरप्रमुख महेश प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्दै दुर्घट्ना न्युनीकरणका लागि सवैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख चौधरीले ट्राफिक नियम प्रति सवै सचेत हुनुपर्ने बताउँदै लहानमा बढदै गएको दुव्र्यसनी न्यूनीकरणका लागि पनि सबैले आ-आफ्नो स्तरबाट सहयोग गर्न अनुरोध गर्नु भयो ।

photo_2023-05-15_12-41-04

सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सडक दुर्घट्ना न्युनीकरणका लागि सवैले आफु र आफ्नो घरबाट सवारी बिस्तारै चलाउने, मादक पदार्थ सेवन नगर्ने, ट्राफिक नियमको पालना गर्ने, सवारी चलाउदा हेलचक्रयाई नगर्ने जस्ता कुराहरुको पालना गर्नु पर्ने बताउनुभयो ।

उहाँले सिरहा जिल्लामा दुर्घटना कम हुने वा हुनै नहुने जिल्लाको रुपमा परिणत गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको धारणा राख्नु भयो ।

photo_2023-05-15_12-41-03 (3)

त्यस्तै कार्यक्रमा सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले सिरहाको बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताउनु भयो । ‘सवारी दुर्घटनाबाट जिउधनको क्षतीलाई न्यूनीकरण गर्न हामीले ट्राफिक सचेतना सप्ताह सुरु गरेका छौं, यसले दुर्घटना नियन्त्रण गर्न सहयोग गुग्नेछ’ उहँले भन्नु भयो । यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक मिन बहादुर बस्नेतले ट्राफिक सप्ताह-२०८० मा ट्राफिक व्यवस्थापन बारे विभिन्न खालका सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ जसका लागि सवैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

ट्राफिक सप्ताहमा प्रभात फेरी, पर्चा पम्पलेट वितरण, स्कूल कलेजमा प्रशिक्षण, माईकिङ्ग, जिङ्गगल बजाउने, स्टिकर टाँस गर्ने, सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, सिट क्षमता र आरक्षण सिटको अनुगमन गर्ने, रक्तदान कार्यक्रम, भित्री सडकमा दुईपाङ्ग्रे सवारी साधनका चालकहरुलाई हेलमेट प्रयोग अनिवार्य गर्ने, लघु प्रशिक्षण, भाडादर अनुगमन र दिप प्रज्वलनगर्ने लगायनका कार्यक्रम रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

photo_2023-05-15_12-41-03

उद्घाटन कार्यक्रम पश्चात लहान स्थित घण्टाघर चौकदेखि निकालिएको र्‍याली सेल्फी रोड, मुख्य लोकमार्ग, शहिद चौक, पशुपति आदर्श माविहँदै पुनः कार्यक्रम स्थल पुगेको थियो । र्‍यालीमा सहभागिहरुले ट्राफिक सचेतनामुलक व्यानर र प्लेकार्ड लिएका थिए ।

photo_2023-05-15_12-41-02 (3) photo_2023-05-15_12-41-03 (4) photo_2023-05-15_12-41-02 (2) photo_2023-05-15_12-41-03 (2) photo_2023-05-15_12-41-02 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A