सत्र खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक

  • जेठ १५, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८००८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमार्फत  बजेट प्रस्तुत गर्नुभएको हो । 

बजेट गत आर्थिक वर्षको तुलनामा कम हो । सरकारले २०७९, ०८० १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।  गत वर्षको बजेट अझै कार्यान्वयनको चरणमा छ । 

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै विनियोजित बजेट विभिन्न स्रोत व्यवस्थापन गरिने  बताउनुभयो । अर्थमन्त्री महतले आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने लागिएको उहाँले बताउनुभयो । 

सार्वजनिक बजेटमा राजश्वबाट ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने छ । अपुग रकम  वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब  रुपैयाँ व्यवस्थापन गरिने अर्थमन्त्रीले जानकारी गराउनुभएको छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A