‘लम्पी स्किन’ रोग लागेका पशुको दुधले मानव स्वास्थ्यमा केही असर नगर्ने

  • साउन ३, २०८०
  • समृद्धिपथ
alt

पशु सेवा विभागले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खानयोग्य रहेको प्रस्ट गरेको छ ।

‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान हुने वा नहुने उपभोक्तामा अन्योल रहेका बेला विभागले सो प्रस्ट पारेको हो । ‘लम्पी स्किन’ को महामारी फैलिएपछि धेरै ठाउँमा दुध खान छाडेका खबरहरू बाहिर आएको छ । त्यसरी उपभोक्ताले खान छाडेपछि दुध खपतमा कमी आएको बताइएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले करिब १० देखि १५ प्रतिशत उपभोक्ताले दुध खान छाडेको बताए ।

जसको घरमा “लम्पी स्किन रोग लागेका पशुले दुध दिइरहेका छन, ती घरका प्रायःले दुध खान छाडेका छन् र ती सबै दुध बजारमा पठाउने गरेको हुनाले दुध बढी देखिएको अध्यक्ष दाहालको दाबी छ । तर पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खाँदा केही फरक नपर्ने बताए ।

लक्षण देखाएका वा नदेखाएका सङ्व्रmमित पशुको दुध बजारमा आउन सक्ने हुँदा दुध राम्ररी उमालेर सेवन गर्नु उपयुक्त हुने विभागले जनाएको छ । तर बिरामी पशुमा एन्टिवायोटिक प्रयोग गरिएको भएमा त्यस्ता पशुमा एन्टिवायोटिक प्रयोग सुरु भएदेखि प्रयोग गर्न छोडिएको दिनबाट कम्तीमा एक हप्ता अवधिसम्म दुध सेवन गर्न नहुने विभागले जनाएको छ ।

महानिर्देशक काफ्लेले एन्टिवायोटिक प्रयोग भइरहेको पशुको दुध कम्तीमा एक हप्तासम्म खानु हुँदैन तर ‘लम्पी स्किन’ रोग लागेको पशुमा एन्टिवायोटिक प्रयोग नभएको बताए । ‘लम्पी स्किन’ रोग लागेको पशुलाई सिटामोल मात्र खुवाइरहेको छ, त्यसैले यसले मानवको स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले दुध खानमा कुनै बाधा नरहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताए ।

उनले भने, “लम्पी स्किन रोग लागेका पशुको दुध खानु हुन्छ कि हुँदैन भनी हल्ला सुनिएको छ, त्यो हल्लाको पछाडि नगएर मज्जाले दुध खाँदा हुन्छ त्यसले मानव स्वास्थ्यमा केही असर गर्दैन ।”

पालिका सन्देशबाट

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A