क्याम्पसको प्रथम बैठक सम्पन्न

  • भदौ ३०, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ ३० गते ।

लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानको प्रथम बैठक सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ । 

बैठकले खाता संचालन,पोखरी र बगैंचा र विविध तीन प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको हो । प्रथम बैठकमा क्याम्पस लहान नगरप्रमुख समेत रहनु भएको क्याम्पस अध्यक्ष महेश प्रसाद चौधरीको निर्देशनमा क्याम्पस प्रमुख संजय चौधरीले प्रस्ताव राख्नु भएको थियो । 

 क्याम्पसको विधान अनुसार बैंक खाता नव निर्वाचित अध्यक्ष महेश प्रसाद चौधरी र क्याम्पस प्रमुख संजय चौधरीको नाममा बैंक खाता सञ्चालन गर्ने,पोखरी र बगैंचाको ठेक्का लगाउन नयाँ कार्यविधि बनाउन सञ्चालन समितिको सदस्य बद्री नारायण चौधरी,मन्टी कुमार मण्डल र क्याम्पस प्रमुख रहनेगरी तीन सदस्यीय कमिटि गठन गरिएको क्याम्पस प्रमुखले बताउनुभयो । 

नयाँ विधान अनुसार स्ववियु सभापतिलाई पदेन सदस्यमा मनोनित नगरेकोले स्ववियु सभापतिलाई नराखिएकोमा स्ववियु सभापति रामकृष्ण यादवले बैठकमै स्ववियु सभापतिलाई राख्नुपर्ने माग गर्नुभएको थियो । स्ववियु सभापतिको मागलाई ध्यानमा राखेर अर्को बैठकमा आमन्त्रित सदस्यको रुपमा राख्ने निर्णय भएको उहाँले प्रष्टयाउँदै स्ववियु सभापतिलाई सदस्यमा राख्न पहल गर्ने बताउनुभयो ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A