फकिरचन्द्रगामी मावि बरकुर्बाको साँख खस्किँदै

  • असोज १५, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

धनुषा असोज १५ गते ।

धनुषा जिल्लाको सबैला नगरपालिका -१२ मा अवस्थित श्री फकिरचन्द्रगामी माध्यमिक विद्यालयको पुरानो साँख खस्किँदो अवस्थामा पुगेपछि स्थानीयहरु चिन्तित देखिएका छन् ।

मधेशमा शिक्षाको अवस्था र अपेक्षा पत्रकारिता तालिममा प्रशिक्षण दिन आउनु भएको शिक्षाविद डा विद्या नाथ कोइराला ,शिक्षा अभियन्ता टिका भट्टराई वरिष्ट पत्रकार चन्द्रकिशोर झा,शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र तालिममा सहभागी मधेश प्रदेशका पत्रकारहरुले विद्यालयको अवस्था बुझ्न आईतवार विद्यालयमा पुगेपछि स्थानीयहरुले यस्तो चिन्ता व्यक्त गरेका थिए ।

IMG_20231001_162544

२०१६ सालमा स्थापना भएको फकिरचन्द्रगामी मावि बरकुर्बा केहि दशक आगाडि धनुषा जिल्लाकै नाम र प्रतिष्ठा कमाएको यस विद्यालयको अवस्था र व्यवस्था कसरी सुधरिने पत्रकारहरुले कलम चलाएर सहयोग गरिदिनुपर्ने स्थानीय विनोद साहले पीडा पोख्नुभयो । 'वरिपरिका विद्यालयहरुले गति लिइरहेको बेला शिक्षाको क्षेत्रमा नाम चलेको हाम्रो विद्यालयको हिरोबाट जिरो बन्दैछ । बिद्यालयको ऐतिहासिक साँख झर्दै गइरहेको छ । हामी स्थानीय अभिभावकहरु चिन्तित भएर के गर्नु प्रधानाध्यापक बैजनाथ साहले सुने पो केहि हुनेछ',स्थानीयहरुले गुनासो पोख्नुभयो । 

 अहिले विद्यालयमा दुई वटा व्यवस्थापन समिति गठन गरेर प्रधानाध्यापक साहले स्वार्थसिद्धिमा लागेको अर्का स्थानीय विनोद पालले बताउनुभयो । लापरवाहीको पनि सिमा हुन्छ कक्षा ११ मा पढ्ने विधार्थीहरुको १५ थान मार्कसिट देखाउँदै यी मार्कसीटहरु चटपटे पसलमा भेटाएको देखाउनुभयो । उहाँले थप्नुभयो,'प्रधानाध्यापक जिम्मेबार नभएसम्म विद्यालयको अवस्था सुध्रिनेवाला छैन । हामी स्थानीयहरु आजित भैसक्यौ ।'

म आफूपनि यहि विद्यालयबाट २०६३ सालमा एसएलसी उतीर्ण गरेको सञ्चारकर्मी रामएकबाल महराले भन्दै त्यतिबेला बाह्र सय विधार्थी संख्या रहेको थियो ,अहिले ४२५ मा विधार्थी संख्या ओरालो लागेको चिन्ता व्यक्त गर्नुभयो । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री,नेकपा माओवादीको केन्द्रीय नेता पूर्व मन्त्री मातृका प्रसाद यादव लगायत उच्च तहमा पुगेका व्यक्तिहरु यसै विद्यालयबाट शिक्षा हासिल गर्नुभयो । धनुषा जिल्लामा नाम चलेको यो विद्यालयको साँख खिस्कँदा स्थानीयहरु चिन्तित हुनु स्वभाविकै हो,उहाँले भन्नुभयो । 

IMG_20231001_163043

 एक देखि कक्षा आठ सम्म खासै विधार्थी नरहेको प्रअ बैजनाथ साहले जानकारी दिँदै कक्षा ९र १० विधार्थी संख्या आशाजनक रहेको जानकारी दिनुभयो । पुरानो ऐतिहासिक विद्यालयको यो अवस्था कसरी भयो भने सञ्चारकर्मीहरुको जिज्ञासा राख्दा प्रअ साहले भन्नुभयो,'आठवटा माविको शिक्षक दरबन्दी थियो अहिले ६ रहेको छ । निमाबिबाट पनि दुई जना दरबन्दीको शिक्षक अरु विद्यालयमा नै रहेको छ । जम्मा १७ जना शिक्षक छौ । विद्यालयबाट सरुवा भएर जादा पनि विद्यालयमा सरुवा भएर आउँदापनि दुइ दुइ लाखको दरले बुझाउनुपर्ने नियम नै भएको छ ।' 

विद्यालयको सुधारको लागि प्रअले सक्रिय भूमिका खेल्नुपर्छ भनेर केहि समय डा विद्यानाथ कोइरालाले सहजीकरण गर्नु भएको थियो । 

साढे तिन बजे विद्यालयमा पुग्दा कुनै कक्षामा विधार्थी थिएन भने शिक्षकहरु कार्यालयमा बसेर गफिदै थिए,विद्यालय हाताभित्र बाख्राहरु चर्दैथिए । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A