लहान -५ माओवादी अभियानमा उत्साहजनक सहभागिता

  • असोज २४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज २४ 

'घर घरमा माओवादी,जनजनमा माओवादी' विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत लहान-५ नम्बर वडाको बैठक आज सम्पन्न भएको छ । उत्साहजनक सहभागिताले शहरी क्षेत्रमा माओवादीको संगठन बलियो हुन थालेको नेकपा माओवादी लहान नगर कमिटिले जनाएको छ । 

अभियानको संयोजक केन्द्रिय सदस्य अमर मण्डलले नेकपा माओवादीले गणतन्त्र संघियता ल्याएको भन्दै प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्न समाजवाद ल्याउन नेकपा माओवादीको संगठन शहरी क्षेत्रमा बलियो हुनुपर्ने तर्क गर्नुभयो । 

नेता मण्डलले भन्नुभयो,'माओवादी पार्टीलाई बलियो बनाउन शहरी क्षेत्रमा मजदूरहरुमा पकड बनाउन आवश्यक छ । शोषित पीडित र उत्पीडित जनताको आवाज मात्रै होइन,युद्ध नै लडेको माओवादी कमजोर हुनुहुँदैन ।'

जिल्ला कमिटि पुर्व सदस्य विजय कुमार गुप्ताले संयोजन गर्नु भएको र नगर सचिव उमेश साहको पहलमा उत्साहजनक उपस्थितिको साराहना गर्दै नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादवले पार्टीभित्रको मतभेद यसवर्ष भदौमा आएको खुटीको बाढीमा बगाइ सकेको बताउनुभयो । उहाँले थप्नुभयो,'लहानको समृद्धि र विकासको लागि नेकपा माओवादी गाउँको किसान र शहरको मजदूर माओवादीको रीढ हो । माओवादीहरु जुर्मुराएर उठ्न जरुरी छ ।' 

कार्यक्रममा जिल्ला कमिटि सदस्य सुधा यादव,गणेश चौधरी ,प्रदेश कमिटि सदस्य सुरेन्द्र साह र स्थाFB_IMG_1697027185980 नीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A