लहानमा पनि सुविधा सम्पन्न लन्ज एण्ड वार सञ्चालनमा

  • कार्तिक १९, २०८०
  • समृद्धिपथ
alt

लहान । लहानमा सुविधा सम्पन्न २४ मार्च क्याफे लन्ज एण्ड वार सञ्चालनमा आएको छ । लहान ८ स्थित सेल्फी रोडमा स्विमिङ्ग पुल सहितको लन्ज एण्ड वार शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदा तथा पूर्व अध्यक्ष अशोक अमात्यले लन्ज एण्ड बारको उद्घाटन गरेका छन् ।

photo_2023-11-05_17-19-57 (3)

स्थानीय युवा व्यवसायीहरूको झन्डै दुई करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको लन्ज एण्ड बारको संचालकका आमा बुवा लगायतका अतिथिहरूले रिबन काटेर उद्घाटन गरेका थिए ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संचालकहरु मध्येका एक राकेश महतोले वर्तमान समयमा युवाहरू वैदेशिक रोजगार तर्फ आकर्षित भइरहेको बेला हामीले जोखिम मोलेर नेपालमै केही गर्नुपर्ने भन्ने सोचका साथ लन्ज एण्ड वार सञ्चालन ल्याएको बताए ।
लन्ज एण्ड वारले गुणस्तरीय सेवासहित स्वादिलो परिकार उपलब्ध गराउने विश्वास व्यक्त गर्दै काम विशेषले वा घुमफिर गर्न लहान आउने पर्यटकहरूको लागि एउटा गन्तव्यका रूपमा २४ मार्च क्याफे लन्ज एण्ड वार हुने बताए ।

photo_2023-11-05_17-19-58 (2)

स्थानीय तीन जना युवा व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालनमा आएको स्वीमिङ्ग पुल सहित २४ मार्च क्याफे लन्ज एण्ड वारमा परिवारका सदस्यहरूसँग जान मिल्ने किसिमको वातावरण हुने छ ।

अन्य ठूला ठूला शहरहरु जस्तै लहानमा पनि उत्कृष्टस्तरको गुणस्तरिय सेवा प्रवाह गर्ने सञ्चालकहरुको भनाई रहेको छ । लहानमा पनि गुणस्तरिय खानासँगै रेष्टुरेन्ट र बारको सेवा दिन २४ मार्च क्याफे लन्ज सुरुवात गरिएको जनाइएको छ ।

photo_2023-11-05_17-19-57 (2) photo_2023-11-05_17-19-58 (4) photo_2023-11-05_17-19-58 (3) photo_2023-11-05_17-19-58

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A