प्रधानाध्यापक साह मृत्यु प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै मिर्चैमामा प्रदर्शन

  • कार्तिक २०, २०८०
  • समृद्धिपथ
alt

सिरहा । पूर्व पश्चिम राजमार्गअन्तरगत सिरहाको मिर्चैमामा सडक अवरुद्ध गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिव कुमार साह मृत्यु प्रकरणको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै परिवारजन तथा स्थानीयले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैयामा सडक अवरुद्ध गरेका हुन् ।

मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्याय पाउनुपर्ने मागसहित मिर्चैयाको कटारी चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन् । प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।

उनीहरुले घटनाको प्रकृति हेर्दा र भर्‍याङ र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएका छन् । साहका श्रीमतीसहितका परिवार र स्थानीयले सुनियोजितरुपमा हत्या गरिएको आरोप लगाएका छन् ।

सोमबार बिहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीय सडक अवरुद्ध गरेर बसेका छन् । उनकी श्रीमतीले आफू मर्न तयार रहेको तर न्याय नपाएसम्म कतै नजाने र केही नखाने अडान लिएकी छिन् ।

प्रधानाध्यमपक साह आइतबार बिहान विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा मृत भेटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ ।

यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको संकेत गरेपनि अनुसन्धान जारी रहेको बताएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछि मात्र केही बताउन सकिने बताएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A