सरसफाईमा लहानलाई ‘नमुना’ वनाउने अभियान सुरु

  • कार्तिक २०, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिकाको सरसफाई संयोजकमा श्याम साह ‘भोरेभोर’ नियुक्त भएपछि सरसफाई अभियानले तिव्रता पाएको छ ।

लहान नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका भोरेभोरले सरसफाई अभियानमा सक्रियता बढाएपछि लहान नगरले सरसफाईमा तिब्रता पाएको हो ।

लहान नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको झण्डै डेढ वर्ष भन्दा बढी हुनलाग्दा पनि बजार क्षेत्र बाहेक अन्य वडाका वासिन्दाहरुले सरसफाईको अनुभुति पटक्कै नगरेको लहान ९ का समाजसेवी संजय साहले गुनासो पोख्दै आज बल्ल सरसफाई संयोजक भोरेभोरको सक्रियतामा लहान ९ मा पनि सरसफाई हुन लागेको बताउनु भयो ।

दिपावली तथा छठ पर्व नजिकिदै गर्दा लहन ९ मा वडा सरसफाई कार्यक्रम गरिएको छ । कायक्रममा सरसफाई संयोजक भोरेभोर, लहान ९ का वडाध्यक्ष घुरन चौधरी, वडासदस्यहरु राजकुमार मल्ल, एस कुमार चौधरी, लगनवती मोचीलगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

photo_2023-11-06_15-23-50 (3)

कार्यक्रम पश्चात संयोजक भोरेभोरले पत्रकारसंग कुरा गर्दै भन्नु भयो- लहान नगरलाई सरसफाईमा ‘नमुना’ नगर बनाउने अभियान सुरु भएको छ । त्यसका लागि यहाँका हरेक नागरिकले घर तथा पसल वाट निस्कने फोहर संकलन गर्ने र नगरपालिकाको गाडिमा लगेर राख्न सबै संग अनुरोध गर्नु भयो ।

बजार क्षेत्रमा फोहर संकलन गर्नका लागि आउने नगरको गाडिमा नगरवासीले आफै उक्त गाडिसम्म फोहर पु-याउन सुरु गरेका छन् । जथाभाबी फोहर यत्रतत्र फाल्नेहरुलाई कारवाही गर्ने नियम बनाइएको छ । लहान नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै जथाभावि फोहर नफाल्न सचेत तुल्याएको संयोजक भोरेभोरले जानकारी दिनुभयो ।

संयोजक भोरेभोरका अनुसार आफू संयोजक भएर आएपछि फोहरले भरिएका नालाहरुको सरसफाई तीव्र पारिएको छ । लहान नगरपालीका नगर सरसफाई अभियानमा सक्रिय पूर्वक लागेका पनि बताउनु भयो ।

photo_2023-11-06_15-23-50 (2) photo_2023-11-06_15-23-50 399017663_1990829844649826_5540267061425457115_n

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A