प्रअ साहको मृत्युबारे आठ शिक्षक संगठनद्वारा निष्पक्ष छानविनको माग https://www.samriddhipath.com/admin/site/index

  • कार्तिक २१, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, कातिक २१ गते ।
गोलबजार नगरपालिका–३ जम्दह तेतरिया स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीव साहको विद्यालयकै भवनमा पासो लागेर झुण्डिएको रहस्मय घट्नाको निष्पक्ष छानविनको लागि सिरहामा रहेका आवटै पेशागत शिक्षक संगठनहरुले माग गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाका अध्यक्ष राम सेवक यादव,नेपाल शिक्षक संघ सिरहा अध्यक्ष करुण प्रपाद यादव,एकिकृत अखिल नेपाल राष्ट्रिय शिषक संगठनका अध्यक्ष प्रमोद कुमार सिंह,प्रगतिशलि नेपाल राष्ट्रिय शिषक संगठाका अध्यक्ष राम उदगार साह,नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष विनोद कुमार सि.ह,नेपाल शिक्षक मञ्चका अध्यक्ष सियाराम यादव,संघीय समाजवादी फोरम शिक्षकका अध्यक्ष काशिन्द्र प्रसाद यादव राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष मनोज कुमार झाले संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन ।

nispakh chhanbinko mag news.photo 2

मङगलबार सरस्वती माध्यमिक विद्यालयमा जिल्ला भरीका शिक्षक शिक्षिकाहरु भेला भई आइतबार १९ गते विद्यालयमै शङकास्पद रुपमा पासो लागेको मृत्यु अवस्थामा प्रधानाध्यापक साह भेटिएको थियो । सोमबार २० गते प्रअ साहका परिवारवारले मिर्चैयामा हडताल गरी निष्पक्ष छानविनको माग गरेपछि आठवटै शिक्षक संघ संगठनहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी २१ गते सरस्वती माध्यमिक विद्यालयमा भेला भएर शोक मनाउने कार्यक्रम तय भएको शिक्षक संघ सिरहाका अध्यक्ष करुण प्रसाद यादवले बताउनुभयो ।

मृतक प्रअ साहको मृतक शरीरको पोष्टमार्टमको लागि काठमाण्डौं स्थित वीर अस्पताल लगिएको जिलला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे प्रष्ट हुने प्रहरकिो भनाई छ ।

विहान ८ः३० बजेको समयमा विद्यालयमा मृत फेला परेको प्रअ साह विहान ७ बजे नै विद्यालय आउनु भएको थियो । घट्नाको प्रकृति हेर्दा घट्ना शङकास्पद रहेको धेरैले भन्न थालेका छन् ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A