लहान क्याम्पसको १९ करोडभन्दा बढीको बजेट पारित

  • कार्तिक २३, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,कातिक २३ गते । 

लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको २०८०/०८१ को लागि अनुमानित १९ करोड १९ लाख ९८ हजार ७८९/३५ पैसाको अनुमानित बजेट पारित भएको छ । 

बिभिन्न सुझाव सहित बजेट पास भएको हो । ६१ वटा शिर्षकमा समेटिएको वार्षिक बजेटलाई पारित गर्दै समितिका सदस्यहरु र नात्मक सुझाव दिनु भएको थियो । 

सञ्चालक समितिका सदस्य राजकुमार साहले बजेट आउनुभन्दा पहिले नीति तथा कार्यक्रम ल्याउन गहन छलफल हुनुपर्ने सुझाव दिनु भएको थियो । 

 हेमन्त कुमार यादवले प्रध्यापक र कर्मचारीहरुको बढुवा गर्दा यसको दुर्गामी आर्थिक व्ययको खाका नलियाई गर्ने बढुवाले भविष्यमा पर्न सक्ने प्रभावबारे जिज्ञासा राख्नुभयो । उहाँले राख्नु भएको विषयमा सञ्चालक समितिका सुदिप कुशवाहा राजकुमार साह लगायतका सदस्यहरुले यस विषयमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । 

IMG_20231109_145941

पाँच वर्षदेखि वढुवा प्रक्रिया रोकिएकोले समस्या समाधान गरेकोमा राम्रै सन्देस गएपनि क्याम्पसमा विधार्थी संख्या बढाउन गुणस्तरी पढाइमा जोड दिनुपर्ने सञ्चालक समितिका पूर्व अध्यक्ष रामसुन्दर चौधरीले सुझाव दिनुभयो । 

सञ्चालक समितिका अर्का सदस्य सञ्जय कुमार यादवले क्याम्पसको प्रगतिको लागि समयले माग गरेको प्राविधिकधारको पढाइ र बिबिए जनप्रशासन जस्ता संकाय थप्न सक्रिय पहलको आवश्यक्ता रहेको तर्क गर्नुभयो । 

स्वतन्त्र विधार्थी युनियनका सभापति रामकृष्ण यादवले खेलकुदमा बजेट कमभयो भन्दै बजेट बढाउन माग गर्नुभयो । उहाँले मागलाई ध्यानमा राखेर बजेट बढाउनुपर्ने माग सहि रहेको सुदिप कुशवाहाले समेत दह्रो समर्थन जनाएपछि खेलकुदको बजेट थपिएको हो । 

प्रदेशसभा सदस्य तथा सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद चौधरीले बजेटमा रहेको अनावश्यक शिर्षकको रकम कटौती गरेर आर्थिक मित व्यविता अपनाउनुपर्ने सुझाव दिनुभयो । 

संस्थापक सञ्चालक समितिका अध्यक्ष लग लाल चौधरीले क्याम्पसको आर्थिक अवस्था डमाडोल हुन नदिन क्याम्पस प्रशासन चनाखो रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

IMG-20231109-WA0004

सिरहा -१ का संघीत सांसद तथा सञ्चालक समितिको सदस्य राम शङकर यादवले यो क्याम्पस हाम्रो गौरव हो । यसको अवस्था सुदृढ बनाउन म आफ्नो पदीय जिम्मेबारी अनुसारको सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'गुणस्तरीय शिक्षा दिन यस क्याम्पसको शिक्षण कार्यमा कुनै त्रुटि रहन दिनु हुँदैन । यो क्याम्पस देशकै नमूना क्याम्पस बनाउन हामी दृढ संकल्प लिएर अघि बढ्नुपर्छ ।' 

 सञ्चालक समितिका अध्यक्ष तथा लहान नगरप्रमुख महेश प्रसाद चौधरीले आएका सकारात्मक सुझावहरुलाई ध्यानमा राखेर यस क्याम्पसको भौतिक र शैक्षिक विकास गर्न सहमती संस्कृतिको अबलम्बन गरेर अघि बढिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

IMG_20231109_160750

बैठकमा संघीय सांसद राम शङकर यादव पहिलोपटक सहभागी हुनु भएकोले खादा ओढाएर अध्यक्ष चौधरीले सम्मान गर्नु भएको थियो । 

आजको बैठकले आँपको बगैंचा तथा पोखरी ठेक्का लगाउने कार्यविधि २०८० पारित गर्नुको साथै विभिन्न प्रस्तावहरु पारित गरेको थियो । 

आजको बैठकमा सञ्चालक समितिका सदस्यहरु जितेन्द्र प्रकाश महतो,लभ कुमार मण्डल,मन्टी कुमार मण्डल,कुमार कमलेन्द्रम,प्रमोदानन्द झा क्यामपस उप प्रमुख सज्न कुमार साह लगायतका सदस्यहरुले समेत सुझाव दिनु भएको थियो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A