फोहोरमा राजनीति नगरौ भन्दै थर्ड आइ युवा क्लवद्वारा वृहत्त सरसफाइ

  • कार्तिक २५, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान कातिक २५ गते ।

लहान नगरपालिका वडा नम्बर–८ दुइ नम्बर जाने सेल्फी सडकमा ‘फोहोरमा राजनीति नगरौ, व्यवस्थापनमा ध्यान दिऔ’ नारा लगाउँदै सरसफाइ गरेको छ । लहान नगरपालिकाको फोहोर व्वयस्थापनमा विगत देखि भइरहेको राजनीतिकरणले ठूलो समस्या निम्ताएकोले आज थर्डआई युवा क्लवले यस्तो नारा लगाउँदै सरसफाइ अभियानमा जुटेको हो ।

विहान माइकमा नारा लगाउँदै इलाका प्रहरी कार्यालयका प्रहरीहरुको सहयोग साथ लिएर गरेको सरसफाइले कतिको प्रभाव पार्छ यसको पछि मूल्याङकन हुने नै छ तर लहानमा विभिन्न गैर सरकारी संङघ संस्थाहरुले लिइरहेको पहलले राम्रै आसर हुने पत्रकार एम महतोले बताउनुभयो ।

लहान नगरपालिकाको सरसफाई संयोजकको जिम्मेबारी लहान–८ का वडाध्यक्ष श्याम सोनी भोरेभारेले पाएपछि उहाँको सक्रियता बढ्नुको साथै सरसफाइको लागि स्थानीय संघ संस्थाहरुसँग हातोमालो गर्न लाग्नु भएको छ ।

पूर्व नगरप्रमुख मुनि साहको समयमा लहान–४ खुटीको मैदानमा डम्पिङगसाइट निर्माण कार्यमा अवरुद्ध भएको असर अहिलेसम्म परिरहेको छ । कुनैपनि वडामा डम्पिङगसाइट निर्माण कार्य हुन नदिनु विडम्बना भइरहेको चर्चा लहानभरी नै चलिरहेको छ । सरसफाइको लागि लहानका युवाहरु विभिन्न संघ संस्थाहरुले फेरि देखाएको जागरुक्तालाई साकारात्मक रुपमा लिएर फोहोर व्वयस्थापनमा कुनै राजनीति हुनु विडम्बना भएको लायन्स क्लव अफ फूलवारीका महासचिव मनिष शारडाले बताउनुभयो ।

लहान–४ खुटी खोलामा श्मसानघाट समेत निर्माण हुन नदिनु राजनीति पूर्वाग्रह हो । यस्तो पूवाग्रह राखेर लहानको विकास संभव नरहेको अधिकांशले गुनासो गरिरहेका छन् । विगतलाई कोटयाएर लहानको विकास संभव नभएकोले लहान नगरपालिकालाई फोहोर व्यवस्थापनमा सहजता ल्याउन सहयोग गर्नुपर्ने युवाहरुको माग रहेको छ । सुन्दर लहान, हरित लहान बनाउन सरसफाईलाई व्यवस्थित गर्न गर्न जरुरी छ । 

जनप्रतिनिधि नरहेको बेला लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भएर आउनु भएको महेन्द्र खेम्याङगको समयमा प्लाष्टिकमुक्त लहान घोषणा गरेर कार्यविधि समेत बनाएको थियो । शहरी क्षेत्रमा आधुनिक फोहेर सङकलन गर्ने तीन किसिमको फोहेर घरबाटै वर्गिकरण गर्नुपर्ने अभियान सफल हुन सकेन । लहानमा सरसइको लागि एक १५१ हप्ता अभियान चलिसकेको इतिहास छ । लहानमा सरसफाइ चुनौती बन्दै गइरहेकोले एकातिर्फ अभियान अर्कोतर्फ दण्ड जरिवाना समेत गर्न आवश्यक रहेको चर्चा भइरहेको छ ।

लहान नगरपालिकाले १४ वटा फोहोर सङकलन गर्ने गाडी ल्याएर शहरी र ग्माीण क्षेत्रको फोहोर सङकलन गरिरहेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँले थप्नुभयो,‘लहानको विकास गर्न हामी अब खुट्टातान्ने प्रवृत्ति छाडेर सहयोग गर्ने संस्कृति निर्माण गरौ ।’

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A