नेपाली काँग्रेस क्षेत्रीय समितिद्वारा शुभकामना आदान प्रदान

  • कार्तिक ३०, २०८०
  • समृद्धिपथ

 

जीवछ उदासी 

लहान,कातिक ३० गते ।

नेपाली काँग्रेस सिरहा -१ क्षेत्रीय समितिले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । 

बितेको दसैं दिपावली र आउने छठ पर्वको अवसरमा क्षेत्रीय कमिटिले लहान नगरपालिकाको सभा हलमा शुभकामना आदान प्रदान भएको थियो ।

क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले दुइ शब्द बोलेर सुरु भएको शुभकामना आदान प्रदान गर्दै चियापान कार्यक्रम सुरु भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता विपि कोइरालाले सुरु गरेको मेलमिलापको लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई नेपाली काँग्रेसले निरन्तरता दिँदै आइरहेको छ । यो कार्यक्रम नेपाली काँग्रेसभित्र एक संस्कृति र चलनको रुप लिएको छ । 

IMG-20231116-WA0000

नगरप्रमुख समेत रहनु भएको क्षेत्रीय सभापति चौधरीले नेपाली काँग्रेसभित्र रहेको आन्तरिक मनमुटाव हटाएर पार्टी बलियो बनाउन निर्वाचित जन प्रतिनिधिहरुलाई स्वस्थ्य सल्लाह दिएर अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले थप्नुभयो,' हाम्रो लहान समुन्नत र सुन्दर लहान बनाउन सबैले सहयोग गरे मात्रै चुनावमा गरेका प्रतिवद्धताहरु पुरा हुनेछ । अब विवाद गरेर समय खेर फाल्नु भन्दा रचनात्मक काम गरेर जनताको मन जित्न आवश्यक छ ।' 

IMG-20231116-WA0003

शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादव,नेता राम सुन्दर चौधरी,सिरहा -१ क प्रदेशका सभापति सन्तोष उपाध्याय,ख प्रदेशका सभापति धर्मदेव यादव विभिन्न जनवर्गीय संगठनका नेताहरु लहान नगरपालिकाका सभापति सञ्य कुमार यादव वडा कमिटिका बुथ सभापतिहरुको गरी एक हजार उपस्थिति रहेको थियो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A