‘फाइलहरु खोल्न नसके प्रचण्डलाई सरकारमा रहिरहनु आवश्यक छैन’

  • मंसिर २, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । प्रतिगमनकारीहरु धर्मको आडमा राजा फर्काउन सबै बुता लगाइरहेका छन् । राजावादीहरुले राजनीति रङगमञ्चमा ड्रामा गर्ने पात्र दुर्गा प्रसाईलाई प्रयोग गरिरहेको छ । एकजना पात्रले सिङगै गणतन्त्रबादी र संघीयताको पक्षधरहरुलाई चुनौती दिँदै हिडिरहेका छ । राजावादीहरु उत्साहित देखिएको छ । राजावादी एजेन्डा सहि हो भनेमा बोलीमा लोली मिलाउने लोकतन्त्र र गणतन्त्रमा भरोसा गर्ने दलका नेता कार्यकर्ताहरु पनि चिया पसलहरुमा सार्वजानिक ठाउँहरुमा बरबराइ रहेका छन् । अखिर यी सब के भइरहेको छ ? माओवादी र मधेशवादी गणतन्त्र र संघीयताको लागि लडेका एजेन्डा बोकेका दलका नेता कार्यकर्ताहरु जनतामा कमजोर देखा परिरहेका छन् । राजनीतिक एजेन्डान स्थापित गराएका दलहरु माओवादी र मधेशवादीप्रति जनताको भरोसा टुटनु हुदैन्थ्यो तर जनमत कमजोर भइरहेको छ । जनमत कमजोर हुनुको कारणहरु के के हुन् ? यस विषयमा माओवादी र मधेशवादी दलहरु जति गम्भीर हुनुपर्दथ्यो, त्यति भएन । जर्वजस्ती गणतन्त्र र संघियता मानि दिएका दलहरुलाई गणतन्त्र रहेपनि नरहेपनि कुनै खासै मतलव भएन ।

१ कहाँ चुक्यो माओवादी ? 

नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरु चुकेकै हो । आफ्नो एजेन्डा स्थापित गराउन जसरी जनपक्षीय काम गर्नुपर्दथ्यो, त्यसरी गर्न सकेनन् । केन्द्रिय सत्तामा सहभागी भएपछि अरु दल र माओवादीमा देखिनुपर्ने भिन्ताहरु जनताले महसुस गरिरहेका छैन् । कसको लागि यत्रो दस वर्षको सशस्त्र जनयुद्ध गरियो ? ती आधारभूत वर्गका जनताहरुका लागि कुनै लोकप्रिय कार्यक्रम ल्याउन सकेन । २०७९ को चुनावमा माओवादीको पक्षमा जनमत हवातै घट्यो । गठबन्धन गरेर माओवादीको राजनीति व्यापार निकै निरासाजनक देखियो । नेपाली काँग्रेसको लागि गठबन्धन फाइदाको व्यापार सावित भयो । चुनावको परिणमा आए लगतै नेकपा माओवादी केन्द्र काँग्रेससँगको सम्वन्ध विच्छेद गर्न जरुरी थियो । यस्तो साइत जुरयोपनि । नेकपा एमाले माओवादी मिलेर सत्ताको नेतृत्व प्चण्डले गरेपछि चारैतिर फेरि सबै बाम एक ठाम भयो भने चर्चाले गति लिइयो । जनतामा छाएको निरासा उत्साहमा परिणत भयो । तर टिक्न सकेन । प्रचण्ड ओली मिलन फेरि विच्छेद भयो । काँग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गरेको प्रचण्ड सरकारको गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइलहरु खोल्न थाले । काँग्रेसबाट असहयोग भयो । अहिले प्रचण्ड र प्रकाश दुवै नेता सरकारमा रहेर केहि गर्न नै नसक्ने अवस्था आएपछि किन सरकारमा रहि रहनुपरयो यत्रतत्र प्रश्न उठि रहेको छ । यो प्रश्न जायज पनि छ । भ्रष्टाचारीहरुलाई संरक्षण गर्नुको कारण लोकतन्त्रको सर्वोत्तम रुप गणतन्त्रप्रति औला उठाउन थालिएको छ । प्रचण्डले सरकारमा रहेर जनतालाई राहत हुने काम गर्न नसके सरकारमा रहिरहनुको आवश्यक्ता छैन । प्रचण्डले काँग्रेससँग सम्बन्ध विस्तार गर्नुृभनदा बाम एकतको लागि जुक्ति लगाउनु उचित थियो । अहिलेपनि काँग्रेससँगको यात्रा प्रचण्डको लागि २०८४ को लागि सुखद छैन । मधेश प्रदेशमा एक जनापनि माओवादीका उम्मेदबारले संघीय सांसदमा चुनिएन । यो गठबन्धन न भएर ठगबन्धन थियो । सावित भैसकेको तथ्यलाई विर्सेर फेरि फेरि नेपाली काँग्रेसँग गठबन्धन गरेर प्रचण्डले आफ्नो राजनीति सिध्याउने हो कि भने संशय आम कार्यकर्ता समर्थकहरुमा देखिएको छ ।

२ समाजवादी मोर्चा नाममात्रैको लागि कि कामको लागि पनि

विचार मिल्ने दलहरुसँग समान विचार र उद्येश्यको लागि मोर्चा बन्नुपर्छ । यो मोर्चा गठन हुनु ठिक छ । तर गठन भएको मोर्चाको प्रभावकारिता देखिएको छैन । मोर्चाले घनिभूत रुपमा काम गरेको भए सामाजवादी कार्यक्रमहरु आउनु पर्दथ्यो । सामाजवादी मोर्चाको रुप स्थानीय तहसम्म बन्नुपर्दथ्यो । यो मोर्चा नेपाली काँग्रेसलाई तर्साउन मात्रै ल्याएको देखिन्छ । यो मोर्चा गठन भएपछि नेपाली काँग्रेसले माओवादी अध्यक्ष समेत रहेका प्रचण्डलाई कमजोर बनाउन रणनिित बनाइरहेको कुरा प्रचण्डले सहज रुपकमा ुझेर पनि किन काँग्रेस मोह त्याग्न सकिरहनु भएको छैन । जति गलती नेपाली काँग्रेसले गरेपनि एउटा वर्ग नेपाली काँग्रेससँग अलग हुँदैन । माओवादी आफ्नो विचार सिद्यान्तबाट पछि हट्दै जाने हो भने पार्टी नै विघट्न गर्नुपर्ने अवस्था हुन जान्छ यो कुरा प्रचण्डजलिे विर्सनु हुँदैन । समाजवादी मोर्चा बनाउन उत्साहित र योजना बनाउने डा बाबुराम भट्टराइलाई समेत त्यस मोर्चामा ल्याउन सकिरहनु भएको छैन । समाजवाद उन्मुख संविधानको प्रस्तावनामा लेखियो । मौलिक हकहरुमा शिक्षा स्वास्थ्य , आवास र रोजगार जस्ता समाजवाद स्थापना गर्ने मौलिक हकहरु रहेपनि कार्यान्वयन पक्ष फितलो छ । शिक्षा स्वास्त्थ्य र कृषिमा माफियाहरुको हातमा रहेको छ । माफियाहरुबाट शिक्षा, स्वास्थ्य र कृषिलाई मुक्त गर्न नसक्नु भ्रष्टाचार सम्बन्न्धी फाइलहरु खोल्न नसक्नु, बाम एकता वा मोर्चा बनाउन जिम्मेबार नहुनु पछिल्लो कालमा प्रचण्ड चुक्दै गइरहनु भएको छ । अब उहाँ कि त सरकारमा रहेर फाइल खोल्नुपरयो कि त सरकार छाड्नुपरयो अवस्था आइसकेको छ । काँग्रेसको खेताला भएर मअ‍ोवादीको जग बलियो हुँदैन ।

मधेशवादी दलहरु कहाँ कहाँ चुक्यो ?

माओवदी र मधेशवादी गणतन्त्र र संघीयताका प्राणवायु हुन् । संघीयता देशको बोझ बन्यो भने प्रश्नहरु यत्रतत्र उठन थािलरहेको छ । संघीयताको जननी रहेको मधेश प्रदेशमा शिक्षा स्वास्थ्य र कृषिमा कुनै परिवर्तन भएन । जबकि मधेशवादी दलहरुले पाँच वर्ष सरकारको नेतृत्व गरयो । भ्रष्टाचार संस्थागत रुप नै लिइयो । कमिशन दिएपछि मात्रै बजेट निकासा हुने गलत अभ्यासहरु भइरहयो । मधेश प्रदेशका कमि कमजोरीहरु मिडियाले उठाइ रहे तर मधेशवादी दलका नेता उपेन्द्र यादव यस विषयमा समयमा उपयुक्त निर्णय लिन सक्नु भएन । उहाँ हरेक सरकारमा सहभागी भएर जनतालाई सेवा सु्विधा हुने काम गर्न सक्नु भएन । जसको कारण आफ्नै सप्तरी –२ बाट निर्वाचनमा पराजित भइ पछि बाराबाट चुनाव जितेर अहिले संघीय सांसद हुनु भएको छ । गणतन्त्र र संघीयताको पर्यावाची जस्तै रहनु भएका प्रचण्ड र उपेन्द्र यादव गणतन्त्र र संघीयताको रक्षा हेतु चुकेका टाँउहरुमा सुधार गर्दै समाजवादी मोर्चालाई बलियो बनाउन सक्नु भयो भने एउटा अवसर छ । यसमा पनि पछि परेर काँग्रेसकै इसारामा गइरहने हो भने २०८४ दुबै नेताको लागि घाटा त हुन्छ हुन्छ नै । गणतन्त्र र संघीयताप्रति उठिरहेको प्रश्नले के रुप लिइने हो अनयौल नै देखिन्छ ।

३ बामपन्थीहरुको समर्थनमा प्रगतिशिल सरकार आवश्यक

बामपन्थी एकता नेपालको लागि आवश्यक्ता रहँदै आएको छ । जनताले मन पराउने बाम एकता केहि शिर्ष नेताहरुको व्यक्तिगत स्वार्थको कारण धरापमा पर्दै गइरहेको अनुभूति मात्रै होइन, सावित नै भइसकेको छ । प्रचण्ड, केपी ओली र माधव नेपाल प्रवृत्ति बाम एकताको बाधक हुन् । तीनै नेताहरु फेरि उमेरले थाकिसकेपनि नेतृत्वमा रहि रहने हठले बाम एकता संभव भइरहेको छैन । बाम एकताको लागि तीनै दलका युवाहरुले बाम एकताको सुत्र निकालेर नेतृत्वलाई कि त बाम एकता वा मोर्चा बनाउन कि त नेतृत्वबाट हटेर बाटो सहज गर भने किसिमको जर्वजस्त किसिमको दबाब सुजना गर्न आवश्यक छ । यतिवेलैको समाजवादी गणतन्त्र र संघीयतावादीहरुलाई एक ठाउँमा लियाएर बाम पन्थीहरुको समर्थनमा प्रगतिशील सरकार बनाएर संविधानको भावना अन्ुसारको कार्यक्रमहरु ल्याएर जनताको कन जित्न नसके राजावादीहरु धर्मको नासा लगाएर राजतन्त्र ल्याउन हरेक थोक नगर्ला भन्न सकन्नँ । गणतन्त्र र संघीयताको रक्षा गर्ने दायित्व वहन गर्न प्रचण्ड केपी ओली माधव नेपाल र उपेन्द्र यादवको बीचमा एकता हार्दिकता र सम्झदारी आवश्यक छ ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A