रिँगटा लागिरहन्छ, हेलचेक्र्याइँ नगर्नुहोस् है

  • माघ ४, २०८०
  • समृद्धिपथ
alt

रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ ।

मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ । टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् ।

के खाने

समयमै खाना खाने ।

एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने ।

गर्मी भएमा अमलाको सर्वत पिउने ।

एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने ।
के नखाने

रक्सी, खैनी, नशालु पदार्थ नखाने ।

एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने ।

अत्याधिक खाना नखाने

 

के गर्ने

रिँगटा लाग्ने बित्तिकै बस्ने ।

सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।

निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने ।

नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने ।

मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने ।

टाउकोमा बदामको तेलले मालिस गर्ने ।

आँखा कमजोर भए उचित चस्मा लगाउने ।

फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने ।

 

के नगर्ने

एक्लै घुम्न नजाने ।

अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने ।

चिया, चुरोटरबिंडी नखाने ।

साइकल, स्कुटर, कार नचलाउने ।

बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।

कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने ।

आगो या पोखरीबाट टाढै रहने ।

खोला नतर्ने ।

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A