लहानदेखि गोठडाँडा सम्मको यात्रा 

  • वैशाख १९, २०८३
  • समृद्धिपथ
alt

जीवछ यादव

लहान,बैशाख १९ गते 

जीवन कहिल्यै नटुङिने यात्रा हो । हरेक यात्राले भूगोललाई मात्रै जोडदैन । भावनालाई पनि जोड्छ । कुनै यात्राले अनुभव सिकाउँछ त कुनै यात्राले संघर्षको अनुभूति पनि गराउँछ । यात्राको विकसित रुप भ्रमण हो । भ्रमण र यात्रा एउटै सिकाको दुई पाटो हुन्छ । लहान पहाडको आवश्यक्ता पुरयाउने बजारको रुपमा परिचित थियो । २०४६ अघि लहान सगरमाथा अञ्चलकै व्यापारिक नगरीको रुपमा रहेको थियो । लहानको व्यापार उदयपुर जिल्लाको गाइघाट र कटारीसँग जोडिएको थियो । 

उदयपुरको निकट र विकट गाउँसम्मका पुरानो पुस्ताहरु लहान भन्ने पछि हुरुक्कै हुन्छ । लहानलाई प्यारो नगरको रुपमा सुन्दर सहरको रुपमा बुझ्ने गर्दछ । व्यापारसँग लहान र उदयपुरको सम्बन्ध मात्रै थिएन परिवर्तनको आन्दोलनहरुमा पनि एक अर्काको पुरक रहेको छ । तर गणतन्त्रपछि देश संघीयाको नाप नक्सा गर्दा उदयपुर मधेश प्रदेशमा नपरी कोशीमा राखेपछि प्रदेशको हिसावले सम्बन्ध टाढियो कि जस्तो लाग्दछ । उदयपुर भित्रि मधेशको जिल्ला भएकोले यसलाई मधेश प्रदेशमै राख्नुपर्दथ्यो । FB_IMG_1777725494552

बैशाख १२ गते शुक्रबार रासस लहानका कार्यालय प्रमुख मित्र र भाइ पनि सुदिप राउतसँग उहाँको गृह गाउँ उदयपुरको कटारी नगरपालिका वडा नम्बर ११ गोठगाउँ जाने यात्राको संयोग जुट्यो । सुदिप राउत एक प्रतिभाशाली पत्रकार । विषयवस्तुको शैली उठाउने क्षमता भएकोले उहाँसँगको निकटता र हार्दिकता मेरो बढ्दै गयो । उहाँ लहानमा आएपछि । उमेरले म जेठो भएकोले दाजु-भाइको सम्बन्ध पनि छ । तर पत्रकारितामा उहाँसँग मित्रताको सम्बन्ध नै सेट खान्छ । त्यसैले म उहाँलाई भाई मित्रको सम्बन्ध पनि छ । सम्बन्धको प्रगाढताले लाग्छ कि हामी एउटै परिवारको सदस्य पनि हौ । सम्बन्धको प्रगाढता त आहार विहार विचार र व्यवहारले नै हुने गर्दछ । अब यात्राको अनुभवले सिकाएको अविस्मरणीय क्षणहरु मेरो लागि प्रेरणा बन्यो र कर्तव्यबोध पनि गरायो । 

 

कटारी यति नजिक भएपनि कहिले जान साइत जुरेको थिएन । सुदिपकै मोटरसाइकलमा सवार थिए । सुदिप को लेखनशैली बोली व्यवहारबाट प्रभावित त थिए थिए तर उहाँको मोटरसाइकल चलाउने दक्षताको पनि तारिफ नगरी हुँदैन । मिरचैयाबाट उत्तरतर्फ कटारी जाने बाटोमा नौलो ठाउँहरु आएपछि हरेक ठाउँको बारेमा सुदिपसँग सोध्दै अघि बढ्दै कटारी बजार ४ बजे पुग्यौ । कटारी बजारको पार्कमा उदयपुर २ का प्रतिनिधिसभा सदस्य सुर्य कुमार लामा

सँग भेट भयो । प्रतिनिधिसभा सदस्य लामालाई सुदिपले कटारीदेखि उत्तर जाने सिद्धिचरण मार्ग जुन वखलढुङगा खोटाङ्ग हुँदै तराई पहाड हिमालको भूगोललाई मात्रै होइन,आत्मीय भावनालाई समेत जोड्दछ । त्यस मार्गलाई हिलो र धुलोबाट मुक्त गराउन सडक पीच हुनुपर्छ । सुदिप को कुरामा थोरै मैले पनि थपेर प्रतिनिधि सभा सदस्य लामालाई भने," जनताको भावना र चाहना अनुसार काम गर्नु होला । प्रत्यक्ष भेटघाटको साइत जुर्यो तपाईको कार्यकाल शुभ होस् शुभकामना पनि दिन भ्याए ।" घडीको सुई बढदै थियो । मौषम प्रतिकूल हुँदै थियो । सांसद लामा सँगको छोटो मिठो भेटघाट बाट उत्तरतर्फ लाग्दा आकाशमा कालो बादल देखेर सुदिपसँग फेरि सोधे," मौसमले च्यालेन्ज गर्दैछ । यात्रा जोखिमपूर्ण हुने त होइन ।" 

FB_IMG_1777725479846

सुदिप को जवाफ रहयो," दाई मौषम प्रतिकूल भयो । आज कटारी मै बस्नुपर्ला जस्तो लागियो ।" मैले फेरि थपे," सुदिप जी,मौषमसँग लोकदोहरी खेल्नु हुँदैन ।' हामी रुक्यौ कटारीमा । सुदिपको काकाको छोरा कुसल राउतको किसान एग्रोभेट रहेछ कटारीमा । कटारीको बसाइपनि अति नै परिवारिक माहोलमा बित्यो । कटारीको पहिलो बसाइ वर्षाको कारण प्रदान गरेको शितलताले अति नै रमाइलो भयो । खानपिनसँगै सुदिप को भाउजु काकी र दाजु कुसलले समेत गर्नु भएको सत्कार निकै उत्साहप्रद रह्यो । झमझम परेको पानीले प्रदान गरेको शितलताले रात कसरी कट्यो थाहै भएन । विहानै तातो पानी र चिया खाएर कटारी बजारबाट हुइकियौ उत्तरतर्फ । विहान पनि मौषम चिसो चिसो थियो । आकासको बादलपनि हामीसँगै समान्यर रुपमा हिडिरहेको आभास भइरहेको थियो । कटारी नपा मरुवा पुल नजिक आउँदा गएको राती आएको हावाहुरीले आँपको टिकुला झारेको र ठाडो मकैको बोटलाई होसै नआउने गरी सुताएको दृश्यले पत्रकार भएको नाताले तस्बिर लिन र स्थानीय किसानहरुको पीडा सुन्न जिज्ञासा जाग्यो । हामी दुई भाई पत्रकार आँप झरेको पीडा स्थानीय दुर्गा बहादुर राउतसँग बुझ्न थाले । उहाँ त पुरानो बासी लहान नगरपालिका -६ का राउत पो पर्नुभयो । उहाँसँग केहिबेर गाउँठाउँको कुरा गरियो । त्यहाँबाट हिडियो गन्तव्य यात्रामा । मौषमको चुनौती त थियो नै पहाडको उकालो लाग्दा बादलले समेत हामीसँगै मितेरी गाँसेर गइरहयो । म त सुदिपजीलाई कति बेला पुग्ने ? यो कुन ठाउँ हो ? यहाँ यस्तो उकालोमा कसरी जनजीवन चल्छ ? जस्ता प्रश्नहरु तेर्साएर सुदिपलाई हैरान पारिरहे । उहाँले पनि हरेक स्थानको बारेमा मलाई सम्झाउन अधैर्य हुनु भएन । यात्रा पनि जारी रह्यो मैले पनि जिज्ञासा सोधी रहने काम जारी राखे । गहुभवारी,बैतेनी र हर्देनीको बारेमा अलिकति लामो जवाफ आउने प्रश्न पनि तेरसाइ रहे । झमझम वर्षाले कुनै न कुनै ठाउँमा ओत लिइनै परयो । हर्देनीको एक चिया पसलमा रुक्यौ । 

हर्देनीको चिया पसलमा एक युवक जो राजनीतिक चेतनाले बभरिएको उर्जावान विद्यालय व्यवस्थापन समितिमा समेत रहनु भएको टुकन कार्कीसँग भयो किराकानी । उहाँसँगको कुराकानी गर्दै गर्दा कार्कीले भन्नुभयो ,' कटारी नगरपालिकाका वडा नम्बर ९ देखि १४ सम्मका पहाडी क्षेत्रका स्थानीयहरु नगरपालिकाबाट निकै टाढा छौ । १४ नम्बरको स्थानीयलाई नगरपालिकाको कार्यालयमा पुग्न एक पिठको मात्रै चौध सय तिर्नुपर्छ । जातेआते त मात्रै तीन हजारभन्दा खर्चिनु पर्छ । यहाँ उत्पादन हुने गोलभेडा अकबरे खुर्सानी अदुवा र दुध बजारसम्म पुरयाउन किसानले पाएको छैन । सिद्धिचरण राजमार्गको पिचिङग भयो भने दुई घण्टाको बाटो आधा घण्टामा जोडिने कार्य किन भइरहेको छैन ? हामी स्थानीयहरुको पीडा कहिले सुन्ने तीनै तहको सरकार ? टुकन कार्कीको बोलीमा झल्किएको सत्यता आक्रोस किन उदयपुरको मिडियाले उठाउदैन ? मिडिया सहरी क्षेत्रमा रमझममा हराएर भएन । आवाज विहिनहरुको आवाज बन्नुपर्नेमा किन बनिरहेको छैन ? 

FB_IMG_1777725473730

हर्देनीमा वर्षा रोकिएपछि उक्लियो गन्तव्य स्थल गोठ डाँडा तर्फ । झिसमिसे पानी पर्दैथियो । हामी डाँडा तर्फ उक्लि रहयौ । के ११ बजे पुगे । सुदिप राउतको घर । खाना खानुभन्दा अघि केहि बेर स्थानीयहरुसँग गफिन पाइयो । तर त्यो गफ नभएर पहाडको पीडा थियो । घृणित कमिसनखोर राजनीतिप्रति आक्रोस थियो । सुदिप को बुबा तेज बहादुर राउत उमेरले ८२ वर्षको हुनुहुन्छ । उहाँसँग हुनथाल्यो थोरै राजनीतिक कुराकानी । उहाँले भन्नुभयो," २०३२ सालमा कम्युनिष्ट आन्दोलनमा लागेको परिचय दिनुभयो । सिरहा धनुषाको बस्तीमा सांगठनिक काममा घुमेको छु । तर अहिले कम्युनिष्ट नेताहरुप्रति साह्रै घृणा छ । " उहाँसँग फेरि जिज्ञासा राखे । तपाई यति पुरानो कम्युनिष्ट नेता किन घृणाको शब्दहरु पोख्दै हुनुहुन्छ ? उहाँको जवाफ रहयो," कम्युनिष्टहरु नभूगोलको पिडा सुने न पीडितको कथा केवल आफ्नो परिवार र स्वार्थमा लागि रहयो । " त्यसपछि खाना खाइयो । गोठडाँडाको डाँडाहरुमा प्रकृतिको शान्त मौषममा रनाउँदै सुदिपजीसँग डुलियो । डाँडा पहाडको जीवनसँग पहिलोपटक यसरी नजिकबाट परिचित भइयो । 

सुदिप को दाजु प्रदिप राउत आमा भाउजु सबैले गरेको सरकारले मलाई लागिरहेको थियो म कुनै आफ्नो आफन्तकै घरमा आएको छु । एक दिनको बसाइले मैले अनुभव गरे नेपालको शासन प्रशासन सरकार सहरी क्षेत्रमा मात्रै छ । हिमाल पहाड र मधेशलाई जोडन सकेको छैन । यहि आक्रोस र असन्तुष्टिले यस पटकको निर्वाचनमा बालेन र रविको जोडीलाई मत हालेको छ । पहाडको जनता बाटोको आभावमा बुझेर पनि लाटो भएको छ । बालेनले भन्नु भएको वाक्य मष्तिष्कमा नाँचिरहयो । उहाँले भन्नु भएको थियो" सडक बनाउन ठेकेदारलाई रुखमा बाँधेर हुन्छ कि घिसारेर बन्छ हामी सरकारमा आएपछि बाटो बनाउँछौ । अब पालो आयो बनाउनुस मधेश पहाड जोड्ने सिद्धिचरण मार्ग । 

 

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A