लहानदेखि गोठडाँडा सम्मको यात्रा 

  • वैशाख १९, २०८३
  • समृद्धिपथ
alt

जीवछ यादव

लहान,बैशाख १९ गते 

जीवन कहिल्यै नटुङिने यात्रा हो । हरेक यात्राले भूगोललाई मात्रै जोडदैन । भावनालाई पनि जोड्छ । कुनै यात्राले अनुभव सिकाउँछ त कुनै यात्राले संघर्षको अनुभूति पनि गराउँछ । यात्राको विकसित रुप भ्रमण हो । भ्रमण र यात्रा एउटै सिकाको दुई पाटो हुन्छ । लहान पहाडको आवश्यक्ता पुरयाउने बजारको रुपमा परिचित थियो । २०४६ अघि लहान सगरमाथा अञ्चलकै व्यापारिक नगरीको रुपमा रहेको थियो । लहानको व्यापार उदयपुर जिल्लाको गाइघाट र कटारीसँग जोडिएको थियो । 

उदयपुरको निकट र विकट गाउँसम्मका पुरानो पुस्ताहरु लहान भन्ने पछि हुरुक्कै हुन्छ । लहानलाई प्यारो नगरको रुपमा सुन्दर सहरको रुपमा बुझ्ने गर्दछ । व्यापारसँग लहान र उदयपुरको सम्बन्ध मात्रै थिएन परिवर्तनको आन्दोलनहरुमा पनि एक अर्काको पुरक रहेको छ । तर गणतन्त्रपछि देश संघीयाको नाप नक्सा गर्दा उदयपुर मधेश प्रदेशमा नपरी कोशीमा राखेपछि प्रदेशको हिसावले सम्बन्ध टाढियो कि जस्तो लाग्दछ । उदयपुर भित्रि मधेशको जिल्ला भएकोले यसलाई मधेश प्रदेशमै राख्नुपर्दथ्यो । FB_IMG_1777725494552

बैशाख १२ गते शुक्रबार रासस लहानका कार्यालय प्रमुख मित्र र भाइ पनि सुदिप राउतसँग उहाँको गृह गाउँ उदयपुरको कटारी नगरपालिका वडा नम्बर ११ गोठगाउँ जाने यात्राको संयोग जुट्यो । सुदिप राउत एक प्रतिभाशाली पत्रकार । विषयवस्तुको शैली उठाउने क्षमता भएकोले उहाँसँगको निकटता र हार्दिकता मेरो बढ्दै गयो । उहाँ लहानमा आएपछि । उमेरले म जेठो भएकोले दाजु-भाइको सम्बन्ध पनि छ । तर पत्रकारितामा उहाँसँग मित्रताको सम्बन्ध नै सेट खान्छ । त्यसैले म उहाँलाई भाई मित्रको सम्बन्ध पनि छ । सम्बन्धको प्रगाढताले लाग्छ कि हामी एउटै परिवारको सदस्य पनि हौ । सम्बन्धको प्रगाढता त आहार विहार विचार र व्यवहारले नै हुने गर्दछ । अब यात्राको अनुभवले सिकाएको अविस्मरणीय क्षणहरु मेरो लागि प्रेरणा बन्यो र कर्तव्यबोध पनि गरायो । 

 

कटारी यति नजिक भएपनि कहिले जान साइत जुरेको थिएन । सुदिपकै मोटरसाइकलमा सवार थिए । सुदिप को लेखनशैली बोली व्यवहारबाट प्रभावित त थिए थिए तर उहाँको मोटरसाइकल चलाउने दक्षताको पनि तारिफ नगरी हुँदैन । मिरचैयाबाट उत्तरतर्फ कटारी जाने बाटोमा नौलो ठाउँहरु आएपछि हरेक ठाउँको बारेमा सुदिपसँग सोध्दै अघि बढ्दै कटारी बजार ४ बजे पुग्यौ । कटारी बजारको पार्कमा उदयपुर २ का प्रतिनिधिसभा सदस्य सुर्य कुमार लामा

सँग भेट भयो । प्रतिनिधिसभा सदस्य लामालाई सुदिपले कटारीदेखि उत्तर जाने सिद्धिचरण मार्ग जुन वखलढुङगा खोटाङ्ग हुँदै तराई पहाड हिमालको भूगोललाई मात्रै होइन,आत्मीय भावनालाई समेत जोड्दछ । त्यस मार्गलाई हिलो र धुलोबाट मुक्त गराउन सडक पीच हुनुपर्छ । सुदिप को कुरामा थोरै मैले पनि थपेर प्रतिनिधि सभा सदस्य लामालाई भने," जनताको भावना र चाहना अनुसार काम गर्नु होला । प्रत्यक्ष भेटघाटको साइत जुर्यो तपाईको कार्यकाल शुभ होस् शुभकामना पनि दिन भ्याए ।" घडीको सुई बढदै थियो । मौषम प्रतिकूल हुँदै थियो । सांसद लामा सँगको छोटो मिठो भेटघाट बाट उत्तरतर्फ लाग्दा आकाशमा कालो बादल देखेर सुदिपसँग फेरि सोधे," मौसमले च्यालेन्ज गर्दैछ । यात्रा जोखिमपूर्ण हुने त होइन ।" 

FB_IMG_1777725479846

सुदिप को जवाफ रहयो," दाई मौषम प्रतिकूल भयो । आज कटारी मै बस्नुपर्ला जस्तो लागियो ।" मैले फेरि थपे," सुदिप जी,मौषमसँग लोकदोहरी खेल्नु हुँदैन ।' हामी रुक्यौ कटारीमा । सुदिपको काकाको छोरा कुसल राउतको किसान एग्रोभेट रहेछ कटारीमा । कटारीको बसाइपनि अति नै परिवारिक माहोलमा बित्यो । कटारीको पहिलो बसाइ वर्षाको कारण प्रदान गरेको शितलताले अति नै रमाइलो भयो । खानपिनसँगै सुदिप को भाउजु काकी र दाजु कुसलले समेत गर्नु भएको सत्कार निकै उत्साहप्रद रह्यो । झमझम परेको पानीले प्रदान गरेको शितलताले रात कसरी कट्यो थाहै भएन । विहानै तातो पानी र चिया खाएर कटारी बजारबाट हुइकियौ उत्तरतर्फ । विहान पनि मौषम चिसो चिसो थियो । आकासको बादलपनि हामीसँगै समान्यर रुपमा हिडिरहेको आभास भइरहेको थियो । कटारी नपा मरुवा पुल नजिक आउँदा गएको राती आएको हावाहुरीले आँपको टिकुला झारेको र ठाडो मकैको बोटलाई होसै नआउने गरी सुताएको दृश्यले पत्रकार भएको नाताले तस्बिर लिन र स्थानीय किसानहरुको पीडा सुन्न जिज्ञासा जाग्यो । हामी दुई भाई पत्रकार आँप झरेको पीडा स्थानीय दुर्गा बहादुर राउतसँग बुझ्न थाले । उहाँ त पुरानो बासी लहान नगरपालिका -६ का राउत पो पर्नुभयो । उहाँसँग केहिबेर गाउँठाउँको कुरा गरियो । त्यहाँबाट हिडियो गन्तव्य यात्रामा । मौषमको चुनौती त थियो नै पहाडको उकालो लाग्दा बादलले समेत हामीसँगै मितेरी गाँसेर गइरहयो । म त सुदिपजीलाई कति बेला पुग्ने ? यो कुन ठाउँ हो ? यहाँ यस्तो उकालोमा कसरी जनजीवन चल्छ ? जस्ता प्रश्नहरु तेर्साएर सुदिपलाई हैरान पारिरहे । उहाँले पनि हरेक स्थानको बारेमा मलाई सम्झाउन अधैर्य हुनु भएन । यात्रा पनि जारी रह्यो मैले पनि जिज्ञासा सोधी रहने काम जारी राखे । गहुभवारी,बैतेनी र हर्देनीको बारेमा अलिकति लामो जवाफ आउने प्रश्न पनि तेरसाइ रहे । झमझम वर्षाले कुनै न कुनै ठाउँमा ओत लिइनै परयो । हर्देनीको एक चिया पसलमा रुक्यौ । 

हर्देनीको चिया पसलमा एक युवक जो राजनीतिक चेतनाले बभरिएको उर्जावान विद्यालय व्यवस्थापन समितिमा समेत रहनु भएको टुकन कार्कीसँग भयो किराकानी । उहाँसँगको कुराकानी गर्दै गर्दा कार्कीले भन्नुभयो ,' कटारी नगरपालिकाका वडा नम्बर ९ देखि १४ सम्मका पहाडी क्षेत्रका स्थानीयहरु नगरपालिकाबाट निकै टाढा छौ । १४ नम्बरको स्थानीयलाई नगरपालिकाको कार्यालयमा पुग्न एक पिठको मात्रै चौध सय तिर्नुपर्छ । जातेआते त मात्रै तीन हजारभन्दा खर्चिनु पर्छ । यहाँ उत्पादन हुने गोलभेडा अकबरे खुर्सानी अदुवा र दुध बजारसम्म पुरयाउन किसानले पाएको छैन । सिद्धिचरण राजमार्गको पिचिङग भयो भने दुई घण्टाको बाटो आधा घण्टामा जोडिने कार्य किन भइरहेको छैन ? हामी स्थानीयहरुको पीडा कहिले सुन्ने तीनै तहको सरकार ? टुकन कार्कीको बोलीमा झल्किएको सत्यता आक्रोस किन उदयपुरको मिडियाले उठाउदैन ? मिडिया सहरी क्षेत्रमा रमझममा हराएर भएन । आवाज विहिनहरुको आवाज बन्नुपर्नेमा किन बनिरहेको छैन ? 

FB_IMG_1777725473730

हर्देनीमा वर्षा रोकिएपछि उक्लियो गन्तव्य स्थल गोठ डाँडा तर्फ । झिसमिसे पानी पर्दैथियो । हामी डाँडा तर्फ उक्लि रहयौ । के ११ बजे पुगे । सुदिप राउतको घर । खाना खानुभन्दा अघि केहि बेर स्थानीयहरुसँग गफिन पाइयो । तर त्यो गफ नभएर पहाडको पीडा थियो । घृणित कमिसनखोर राजनीतिप्रति आक्रोस थियो । सुदिप को बुबा तेज बहादुर राउत उमेरले ८२ वर्षको हुनुहुन्छ । उहाँसँग हुनथाल्यो थोरै राजनीतिक कुराकानी । उहाँले भन्नुभयो," २०३२ सालमा कम्युनिष्ट आन्दोलनमा लागेको परिचय दिनुभयो । सिरहा धनुषाको बस्तीमा सांगठनिक काममा घुमेको छु । तर अहिले कम्युनिष्ट नेताहरुप्रति साह्रै घृणा छ । " उहाँसँग फेरि जिज्ञासा राखे । तपाई यति पुरानो कम्युनिष्ट नेता किन घृणाको शब्दहरु पोख्दै हुनुहुन्छ ? उहाँको जवाफ रहयो," कम्युनिष्टहरु नभूगोलको पिडा सुने न पीडितको कथा केवल आफ्नो परिवार र स्वार्थमा लागि रहयो । " त्यसपछि खाना खाइयो । गोठडाँडाको डाँडाहरुमा प्रकृतिको शान्त मौषममा रनाउँदै सुदिपजीसँग डुलियो । डाँडा पहाडको जीवनसँग पहिलोपटक यसरी नजिकबाट परिचित भइयो । 

सुदिप को दाजु प्रदिप राउत आमा भाउजु सबैले गरेको सरकारले मलाई लागिरहेको थियो म कुनै आफ्नो आफन्तकै घरमा आएको छु । एक दिनको बसाइले मैले अनुभव गरे नेपालको शासन प्रशासन सरकार सहरी क्षेत्रमा मात्रै छ । हिमाल पहाड र मधेशलाई जोडन सकेको छैन । यहि आक्रोस र असन्तुष्टिले यस पटकको निर्वाचनमा बालेन र रविको जोडीलाई मत हालेको छ । पहाडको जनता बाटोको आभावमा बुझेर पनि लाटो भएको छ । बालेनले भन्नु भएको वाक्य मष्तिष्कमा नाँचिरहयो । उहाँले भन्नु भएको थियो" सडक बनाउन ठेकेदारलाई रुखमा बाँधेर हुन्छ कि घिसारेर बन्छ हामी सरकारमा आएपछि बाटो बनाउँछौ । अब पालो आयो बनाउनुस मधेश पहाड जोड्ने सिद्धिचरण मार्ग । 

 

 

 

 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A