मध्यपूर्वको मिसाइल आक्रमणप्रति ओलीको चिन्ता, ‘नेपालमा युद्धको धुँवा प्रवेश नगरोस्’

  • फागुन १७, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले नेपालमा कुनै पनि आवरणमा युद्धको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वले आफूलाई अत्यन्त व्यथित बनाएको उल्लेख गर्दै यस परिस्थितिका कारण आफूलाई निदाउनसमेत नसकेको बताएका हुन्।

उनले सो क्षेत्रमा रहेका लाखौं नेपाली नागरिक आपत र त्रासको अवस्थामा रहेको भन्दै उनीहरूका परिवार नेपालमा पलपल छट्पटाएर बस्नु परेको बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मध्यपूर्वका देशहरूमाथिको आकाशबाट बर्सिएका मिसाइलको धुँवाको दृश्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्, तिनका परिवार यहाँ छट्पटाएर बस्नु परेको छ।”

ओलीले आजको खुला विश्व व्यवस्थामा रोजगारी, शिक्षा र अवसरका लागि नागरिकहरू विश्वभर आवतजावत गर्नु स्वाभाविक प्रक्रिया भए पनि युद्ध र भूराजनीतिक चपेटा भने अस्वाभाविक र खतरनाक अवस्था भएको टिप्पणी गरेका छन्। शक्तिराष्ट्रहरूको स्वार्थका कारण कतिपय देशहरू विवशतामा युद्धतर्फ धकेलिनुपर्ने अवस्था आएको पनि उनको भनाइ छ।

उनले शान्ति, संयम र कूटनीतिक पहलमार्फत समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएका छन्। साथै, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति राज्य संवेदनशील र जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A