देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना, सतर्क रहन सरकारी आग्रह

  • वैशाख १५, २०८३
  • समृद्धिपथ
alt

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सरकारले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले मंगलबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानलाई उद्धृत गर्दै कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरीसहितको मौसम प्रणाली सक्रिय हुने जनाएको हो।

पूर्वानुमान अनुसार कोशी प्रदेशअन्तर्गत मोरङ सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी आसपासका क्षेत्रमा हावाहुरीको प्रभाव देखिने सम्भावना रहेको छ।

विभागका अनुसार बुधबार साँझ ५:४५ बजेदेखि हावाहुरी सुरु भई पर्सि बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको छ। यस अवधिमा मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने सम्भावना पनि औंल्याइएको छ।

प्राधिकरणले तीव्र हावाहुरीका कारण रुख तथा कमजोर संरचना ढल्ने, घरका छाना उड्ने, विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुने लगायतका जोखिम रहेको जनाएको छ। यस्ता जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

सूचनामा हावाहुरीका बेला सकेसम्म घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न, कमजोर छाना भएका घरको संरचना बलियो बनाउन तथा आगो बाल्दा विशेष सतर्कता अपनाउन भनिएको छ। साथै, अग्ला रुख, विद्युतका खम्बा तथा तार नजिक नबस्न र लत्रिएको तार नछुन पनि आग्रह गरिएको छ।

सरकारले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने नियमित मौसम पूर्वानुमान तथा प्राधिकरणका सूचनाहरूलाई निरन्तर पछ्याउँदै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A