सिरहामा मिटरब्याज पीडित र साहुबीच कुटाकुट, एक जना घाइते

  • माघ ५, २०८०
  • समृद्धिपथ
alt

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो।

कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो।  छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A